धर्मका नाममा राजनीति गर्ने दिन अब सकिए: मन्त्री राई

फाइल तस्बिर

शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले धर्मका नाममा राजनीति गर्ने दिन अब सकिएको बताएका छन् ।

नेपालगञ्जमा आयोजित रामलीलाको समापन समारोहमा उनले धर्मका नाममा एकापसमा जनता भिडाउने छुट कसैलाई नभएको स्पष्ट पारे ।

“जनता जागरुक भइसकेका छन्, धर्मका नाममा अब राजनीति हुँदैन, सबै मिलेर विकास गर्नुपर्छ”, मन्त्री राईले भने । संविधानले सबै धर्मलाई सम्मानका साथ समानताको अधिकार दिएको उनले बताए ।

नेपालगञ्जले धार्मिक तथा सामाजिक सद्भावको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको उनको भनाइ थियो । रामलीलाको निरन्तरता र प्रभावकारिताका लागि सांसद विकास कोषको रकमबाट रामलीला व्यवस्थापन समितिलाई रु २५ लाख सहयोग गरेको उनले बताए ।

प्रकाशित मिति: : 2019-10-10 19:16:50

प्रतिकृया दिनुहोस्