मोहम्मद आमिर पाकिस्तानको नागरिकता परित्याग गर्दै

Agency

पाकिस्तानका तीब्र गतिका बलर मोहम्मद आमिरले पाकिस्तानको नागरिकता परित्याग गर्दै अर्के देशको नागरिकताका लागि आवेदन दिएको खुलासा भएको छ।

शुक्रबार मात्र टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका आमिरले बेलायतमा स्थायी बसोबास गर्न नागरिकताका लागि आवेदन दिएका छन्। पाकिस्तानी मिडियाका अनुसार आमिर छिट्टै घर किन्ने तयारीमा छन्।

उनले २०१६ मा बेलायती नागरिक नरगिस मलिकसँग विवाह गरेका थिए। पाकिस्तानी अखबार द ट्रिब्युनका अनुसार आमिरले श्रीमतिको तर्फबाट नागरिकता लिने प्रयास गरेका छन्।

स्पाउस भिसाअन्तर्गत सुरुमा ३० महिनाका लागि भिसा दिने नियम छ। विवाह गरेका व्यक्तिले बेलायतले निर्धारण गरेको कानुनलाई पछ्याउन सकेको खण्डमा पछि स्थायी नागरिकता र बेलायती पासपोर्ट पाउन सक्ने नियम छ। 

स्पाउज भिसामा आमिरले बेलायतमा बाच्नका लागि काम गर्न पाउने छन्।

उनलाई स्थायी भिसाका लागि स्पट फिक्सिङको पुरानो मुद्धाले सताउन सक्ने छ। यो मुद्धामा उनलाई बेलायती अदालतले दोषी ठहर गरिसकेको छ र उनले बेलायतको जेलमा सजाय भोगिसकेका छन्।

 

प्रकाशित मिति: : 2019-07-28 00:37:41

प्रतिकृया दिनुहोस्