नेपाली खेलाडीले थाइल्यान्डको बैंककमा भएको पाँचौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा ४ स्वर्ण जितेका छन्।
विमला लामा, सुशान पाण्डे, सुजन श्रेष्ठ र अमर भुजेलले स्वर्ण जितेको टोली नेता बब्लु सिवाकोटीले जनाएका छन्। सुप्रिया बजगाईं र पूजा कुँवर फाइनलमा प्रवेश गर्दै कम्तीमा रजत पदक पक्का गरेका छन्। अरुण टमाटाले कास्यमा चित्त बुझाए।
मलेसियामा जुलाई २१ तारिखमा भएको सरावक चिफ मिनिस्टर तेक्वान्दोमा सहभागी खेलाडीले हिरोज च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको प्रशिक्षक विकेश विडारीले जनाएका छन्। च्याम्पियनसिपमा नेपालबाट १० खेलाडीको सहभागिता रहेको छ।