सिंगापुरमा सम्पन्न टीट्वेन्टी विश्वकपको एसियाली छनोटका क्रममा भएको बिर्सन लायकको अन्तिम खेलको याद लिएर नेपालका दुई स्टार क्रिकेटर सन्दीप लामिछाने र सोमपाल कामी क्यानडाको टोरन्टोतिर उडेका छन् । उनीहरू ब्राम्टनमा आयोजना भैरहेको ग्लोबल टी–ट्वेन्टी खेल्न त्यसतर्फ उडेका हुन् ।
ग्लोबल टी–ट्वेन्टीमा सन्दीपले टोरन्टो नेशनलबाट र सोमपालले विनिपेग हक्सबाट खेल्दैछन् । उनीहरू सोमबार आम्नेसाम्ने हुनेछन् । सन्दीपको टोरन्टो नेशनलले दई खेलबाट एक जीत र एक हारका साथ चार अंक हासिल गरेको छ भने सोमपालको विनिपेग हक्स पहिलो खेल गुमाएर अंकविहीन छ ।
टोरन्टोको ब्राम्प्टनस्थित सिएए स्पोर्टस् सेन्टरको मैदानमा जुलाई २५ देखि ‘ग्लोबल टि–ट्वान्टी क्यानडा’को दोस्रो संस्करण सुरु भएको छ । १८ दिनसम्म चल्ने यो फ्रेन्चाइज प्रतियोगितामा क्रिकेट जगतमा सनसनी मच्चाउन सफल क्रिस गेल, युवराज सिंह, केन विलियम्सन, शाहिद अफ्रिदीदेखि ब्रेन्डन म्याक्ल्हन, ड्यान ब्राभो, आन्द्रे रसेल, थिसरा परेरा, सकिबअल हसनसँगै दुई नेपाली खेलाडी पनि मैदान उत्रिँदैछन् ।
गत वर्षदेखि क्यानडा टी–ट्वेन्टीका रूपमा सुरू भएको ग्लोबल टी–ट्वेन्टीको यो दोस्रो संस्करण हो । यसअघि पहिलो सस्करणमा सन्दीप लामिछाने ‘मन्ट्रियल टाइगर्स’ बाट खेलेका थिए भने सोमपालको यो पहिलो अन्तर्राष्ट्रिय टीटेन्टी सहभागिता हो । पहिलो संस्करणमा थोरै पारिश्रमिकमा खेलेका सन्दीपले पाँच खेल खेल्दै ८ विकेट लिएका थिए । यसपल्ट ‘टोरन्टो नेशनल्स’ ले उनलाई ६० हजार डलर तिरेको छ । उता, सोमपालले भने तीनहजार पारिश्रमिकमा विनिपेग हक्सबाट ग्लोबल टी–ट्वेन्टीमा डेब्यु गर्दैछन् ।
पहिलो संस्करणको ग्लोबल टी–ट्वेन्टी भ्यान्कुभर भाइब्सले जितेको थियो ।
ग्लोबल टी–ट्वेन्टीको दोस्रो संस्करण टोरन्टोको ब्राम्प्टनस्थित सिएए स्पोर्टस् सेन्टरको मैदानमा जुलाई २५ देखि सुरु भैसकेको छ । अगष्ट ११ सम्म सञ्चालन हुने यस १८ दिने क्रिकेट महोत्सवमा २२ खेल हुने छन् । प्रतियोगितामा क्रिकेट जगतमा सनसनी मच्चाउन सफल क्रिस गेल, युवराज सिंह, केन विलियम्सन, शाहिद अफ्रिदीदेखि ब्रेन्डन म्याक्ल्हन, ड्यान ब्राभो, आन्द्रे रसेल, थिसरा परेरा, सकिबअल हसनसँगै दुई नेपाली खेलाडी पनि मैदान उत्रिँदैछन् ।
ग्लोबल टी–ट्वेन्टीको दोस्रो संस्करणको नारा ‘क्रिकेट कम्स् होम’ राखिएको छ ।