पाकिस्तानी बलर हसनको विवाह भारतीय युवतीसँग

Agency

पाकिस्तानका तीब्र बलर हसन अलीले भारतीय युवतीसँग विवाह गर्ने भएका छन्। उनले हरियाणाको नुहुँ जिल्लाकी स्थानीय सामिया आरजुसँग विवाह गर्न लागेका हुन्।

यसअघि भारतकी टेनिस सुन्दरी सानिया मिर्जाको विवाह पाकिस्तानी क्रिकेटर सोएब मलिकसँग २०१० मा भएको थियो।

सामिया इमिरेट विमानमा फ्लाइट इन्जिनियरको जागिर खान्छिन्। २० अगस्टमा युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा विवाह कार्यक्रम तय भएको पाकिस्तानी मिडियाले जनाएको छ। परिवारको १० सदस्य १७ तारिखमा दुबईतर्फ लाग्ने बताइएको छ।

सामियाका बुवा लियाकत अलीले आफ्नो छोरीले बिटेक (एरोनोटिकल) मा स्नाकोत्तर गरेको बताएका छन्। यसअघि उनको जागिर जेट एयरवेजमा थियो। उनी ३ वर्षदेखि इमिरेटमा आवद्ध छिन्।

सामियाका बुवा लियाकतका अनुसार सन् १९४७ मा भारत–पाकिस्तान विभाजनअघि पाकिस्तानका पूर्व सांसद एवम पाकिस्तानी रेल्वे बोर्डका अध्यक्ष सरदार तुफैल उर्फ खान बहादुर र उनको हजुरबुवा दाजु–भाई थिए। तुफैलकै परिवारबाट छोरीको विवाहको प्रस्ताव आएको उनले रहोस्दघाटन गरे।

पञ्जाब प्रान्तमा बसोबास गर्ने हसन अलीले पाकिस्तानका लागि ९ टेस्ट खेलेका छन्। उनले ५३ एकदिवसीय र ३० टि–२० मा पनि पाकिस्तानको प्रतिनिधित्व गरेका छन्।

उनले टेस्टमा ३१ विकेट, एकदिवसीयमा ८२ र टि–२० मा ३२ विकेट लिएका छन्। २०१७ को च्याम्पियन्स ट्रफीको फाइनलमा हसनले भारतविरूद्ध फाइनलमा ३ विकेट लिएका थिए। जसका कारण भारतको पराजय सुनिश्चित भएको थियो।

प्रकाशित मिति: : 2019-07-30 19:02:01

प्रतिकृया दिनुहोस्