नेपाली क्रिकेटर सन्दीप लामिछानेले ग्लोबल टी ट्वान्टी २०२० मा टोरन्टो नेशनलका लागि डेब्यु गरेका छन् । उनी शनिबार ब्राम्टन वुल्भ्सविरूद्ध मैदानमा उत्रिए ।
तर, उनको यो डेब्यु पनि चित्तबुझ्दो देखिएन । पहिलो म्याचमा उनी नमज्जाले पिटिए । चार ओभर बलिङ गरेका उनले ४४ रन दिएर एक विकेट मात्र लिए ।
टस जितेर फिल्डिङ रोजेको टोरन्टो नेशनलका कप्तान युवराज सिंहले उनलाई पाँचोै ओभरमा बलिङका लागि बल दिए । तर, मुनसेले २ छक्का र तीन चौका हान्दै उनको राम धुलाई गरेर २४ रन बटुले ।
यो पनि पढ्नुस्
त्यसपछि उनी आठौ ओभरमा बलिङ गर्न आए । यो ओभर भने उका लागि लोभलाग्दो रह्यो । उनले मात्र ३ रन दिएर २८ रन बनाएर क्रिजमा जमिरहेका मुनोको महत्वपूर्ण विकेट लिए । १० ओभरमा पनि उनले मात्र ७ रन दिएर राम्रै बलिङ गरे । १४औं ओभरमा ११ रन दिए । यसरी पहिलो ओभरमै २४ रन दिएर राम धुलाई खाएका उनले पछिल्लो तीन ओभरमा भने २० रन मात्र दिएर राम्रै कमब्याक गरे ।
सिंगापुरको टी ट्वान्टी छनोटअन्तर्गत अन्तिम खेलमा राम धुलाई खाएर क्यानडा आइपु्गेका सन्दीपका लागि यहाँका सुरूवाती खबर पनि राम्रो रहेन ।
यो म्याचमा सन्दीप मात्र हैन, टोरन्टोका अरू बलर पनि नराम्रा पिटिए । आयोजक ब्राम्टन वुल्भ्सले ६ विकेट गुमाएर २२२ रन बनायो ।
यो समाचार तयार पार्दा टोरन्टो सातौ ओभरमा १ विकेट गुभाएर ७० रनमा खेलिरहेको छ ।