बल टेम्परिङ प्रकरणमा दोषी ठहर भएपछि एक वर्ष प्रतिबन्ध भोगेर फर्किएका अष्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथले आफ्नो पुनरागमनलाई उत्कृष्ट बनाउने क्रममा उच्च प्रदर्शन जारी राखेका छन्।
गत वर्ष दक्षिण अफ्रिकाविरुद्धको खेलमा स्टिभ स्मिथसहित अस्ट्रेलियाका तीन खेलाडीमाथि बल टेम्परिङको अभियोग लागेको थियो।
इङल्यान्डविरुद्ध जारी एसेज शृंखलाअन्तर्गत पहिलो टेस्टको दोस्रो इनिङमा ब्याटिङ गरिरहेको अस्ट्रेलियाले शनिबार राति तेस्रो दिनको खेल सकिँदासम्म ३ विकेटको क्षतिमा १ सय २४ रन बनाएको छ।
पहिलो इनिङमा स्मिथले १ सय ४४ रन बनाएपछि १२२-८ को दयनीय अवस्थाबाट उठेको अस्ट्रेलियाले २ सय ८४ रनको योगफल तयार गरेको थियो।
जवाफमा इङल्यान्डले ३ सय ७४ रनको योगफल बनाएर शनिबारै आफ्नो पहिलो इनिङ सकेको थियो।
एडबस्टनमा जारी खेलको चौथो दिन सुरु हुनुअघि अस्ट्रेलियाले खेलमा ३४ रनको अग्रता लिएको छ।
ओपनरद्धय क्यामरुन बेङकरफ्ट (७) र डेविड वार्नर (८) सस्तैमा पवेलियन फर्किएको खेलमा उस्मान ख्वाजा र स्मिथले तेस्रो विकेटका लागि ४८ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए।
ख्वाजा ४८ बलमा ६ चौकासहित ४० रन बनानएर आउट भएपछि ट्राभिस हेडसँग स्मिथले ४९ रनको साझेदारी बनाएर खेलिरहेका छन्।
स्मिथले ६१ बलमा ३ चौकासहित ४६ रन बनाएर अविजित छन् भने ३९ बलमा २ चौकासहित २१ रन बनाएका ट्राभिस हेड क्रिजमा छन्।
इग्ल्यान्डका लागि दोस्रो इनिङमा स्टोक्स, स्टुवाट ब्रोड र मोइन अलीले एक/एक विकेट लिए।
यसअघि पहिलो दिननै इनिङ सुरुवात गरेको इंग्ल्याण्डले तेस्रो दिन चिया सत्रअघि ३७४ रनमा सबै विकेट गुमाएको हो।
दोस्रो दिनको समाप्तिमा २६७/४ को स्थितिमा रहेको इंग्ल्याण्डले थप १०७ रन जोड्दा बाँकी ६ विकेट गुमाउन पुग्यो। अब तेस्रो दिनको अन्तिम सत्रको खेल बाँकी छ।
इंग्ल्याण्डको लागि ओपनर रोरी बर्नसले करियरकै पहिलो शतक बनाउने क्रममा सर्वाधिक १३३ रन बनाएका थिए। दोस्रो दिन सकिद १२५ रनमा अविजित रहेका उनलाई नाथन लायनले विकेटकिपरबाट क्याच आउट गराए।
३०० रनमा ८ विकेट गुमाएको अवस्थामा स्टुवार्ट ब्रोड र क्रिस वोक्सले नवौं विकेटको लागि ६५ रनको साझेदारी गर्दै अग्रता बढाएका थिए।
२९ रन बनाएका ब्रोडलाई प्याट कमिन्सले क्याच आउट गराउदै साझेदारी तोडेका थिए। वोक्स ३७ रनमा अविजित रहे। त्यस अघि इंग्ल्याण्ड कप्तान जो रुटले ५७ तथा बेन स्टोक्सले ५० रन बनाएका थिए।
अस्ट्रेलियाका लागि नाथन लायन र प्याट कमिन्सले समान ३/३ तथा जेम्स प्याटीन्सन र पिटर सिडलले २/२ विकेट लिएका थिए।