ऋषभ पन्तको खराब ब्याटिङ, धोनीलाई छोडे पछाडि

File Photo

वेष्ट इन्डिजविरूद्ध भारतीय युवा विकेटकिपर ऋषभ पन्तले खराब ब्याटिङ गरेका छन्। शनिबार अमेरिकाको फ्लोरिडामा सुरु भएको टि–२० को पहिलो खेलमा ऋषभ गोल्डेन डकको शिकार भए।

उनलाई सुनिल नरेनले क्याच आउट गराएका थिए। ऋषभ टि–२० को २० खेलमा दोस्रो पल्ट शुन्यमा आउट भएका हुन्। जुन भारतका नियमित विकेटकिपर महेन्द्रसिंह धोनीभन्दा खराब प्रदर्शन हो।

धोनी टि–२० मा एक पल्ट मात्र शुन्यमा आउट भएका छन्। ऋषभको वेष्ट इनिडजविरूद्ध टि–२० मा राम्रो छैन। उनी पछिल्लो तीन इनिङमा ३, १ र ० मा आउट भएका छन्।

भारतले वेष्ट इन्डिजलाई पहिलो टि–२० मा ४ विकेटले पराजित गरेको थियो।

याे पनि पढ्नुहाेस।

पहिलाे नेपाली महिला अन्तर्राष्टिूय खेलाडीकाे अनुभव: चीनमा रातारात कट्टु सिलाएर खेलियाे।

 

 

प्रकाशित मिति: : 2019-08-04 09:43:16

प्रतिकृया दिनुहोस्