टोरन्टोमा भलिबल प्रतियोगिता : लालीगुराँसले चुम्यो उपाधि

आठौं लालीगुराँस भलिबल प्रतियोगिता–२०१९ विजेता लालीगुराँस स्पोर्ट्स क्लव । तस्बिर : बीएल


उत्तर अमेरिकामा नेपाली समुदायद्वारा सञ्चालित दोस्रो ठूलो भलिबल प्रतियोगिताको उपाधि आयोजक लालीगुराँस स्पोर्ट्स क्लवले जितेको छ । 

टोरन्टोमा आइतवार सम्पन्न ‘आठौं लालीगुराँस भलिबल प्रतियोगिता–२०१९’ को उपाधि यसपल्ट आयोजक क्लव स्वयंले जितेको हो । 

जम्मा आठ टिम सहभागी प्रतियोगितामा अमेरिकाको बफेलोबाट प्रतिनिधित्व गरेको ‘माउण्ट एभरेष्ट टिम’ उपविजेता बन्यो । 

पुरस्कारस्वरुप उपाधि विजेता लालीगुराँस स्पोर्टस् क्लबलाई दुई हजार र उपविजेता माउण्ट एभरेष्ट टिमलाई १५ सय क्यानेडियन डलर नगद तथा ट्रफी र मेडल दिइयो । 

दुई दिनसम्म चलेको प्रतियोगितामा लालीगुराँसका पाण्डु श्रेष्ठ ‘म्यान अफ द म्याच’ र माउण्ट एभरेष्ट टिमका राम पाण्डे ‘म्यान अफ द गेम मेकर’ घोषित भए । 

क्यानडामा ‘बाग्लुङ सेवा समाज’ले बर्षेनी गर्ने ‘नेपाल क्यानडा कप भलिबल प्रतियोगिता’लाई नेपाली समुदायद्वारा सञ्चालित उत्तर अमेरिकाको सबैभन्दा ठूलो पुरस्कार राशीको प्रतियोगिता मानिन्छ । 
प्रकाशित मिति: : 2019-08-06 03:13:59

प्रतिकृया दिनुहोस्