क्यानडामा जारी ग्लोबल टी २० को आजको म्याच निर्धारित समयमा सुरू हुन सकेको छैन । टोरोन्टो नेशनल र मोन्टरियल टाइगर्सबीच स्थानीय समयअनुसार बुधबार १२:३० मा हुनुपर्ने खेल २:३० मा हुने भएको छ ।
खेलाडीहरूले समयमा पारिश्रमिक नपाएकाले खेल समयमा सुरू हुन नसकेको बताइएको छ ।
ग्लोबल टी २० को अफिसियल पेजमा भने प्राविधिक कारणले खेलको निर्धारित समय तालिका परिवर्तन भएको भनिएको छ ।
आजको खेलमा प्रतिस्पर्धा गरिरहेको टोरन्टो नेशनल्सबाट नेपाली क्रिकेटर सन्दीप लामिछाने खेलिरहेका छन् । आजको म्याच जितेमा मात्र टोरन्टो नेशनल्स अन्तिम चारमा पुग्ने छ । उता, मोन्टरियल टाइगर्सलाई भने कम रनरेटमा हारे पनि अन्तिम चारमा पुग्ने बाटो खुल्लै छ । ब्रम्पटन वुल्भस र भ्यान्कुभर नाइटस भने यसअघि नै क्रमश: पहिलो र दोस्रो स्थानमा रहेर अन्तिम चारमा पुगिसेका छन् ।
ग्लोबल टी २० खेल्न पुगेका अर्का नेपाली क्रिकेटर सोमपाल कामीको टिम गिनिपिग ह्वाक्स भने प्रतियोगिताबाट लगभग बाहिरिइसकेको छ । आजको खेलमा मोन्टरियल टाइगर्स नराम्ररी पराजित भयो भने उसको भन्दा राम्रो रनरेटका आधारमा गिनिपिग ह्वाक्स अन्तिम चारमा पुग्ने छ ।