क्यानडामा जारी ग्लोबल टी-२० अन्तर्गत दोश्रो चरणको अन्तिम खेल टोरन्टो नेशनल र मोन्टरियल टाइगर्सबीच सुरू भएको छ । खेलाडीले पैसा नपाएपछि समयमा सुरू हुन नसकेको म्याच स्थानीय समयअनुसार बुधबार २:३० बजे सुरू भएको हो ।
मोन्टरियल टाइगर्सले टस जितेर फिल्डिङ रोजेको छ भने टोरन्टो नेशनल ब्याटिङ गरिरहेको छ ।
अन्तिम चारमा पुग्नका लागि जित्नैपर्ने टोरन्टो नेशनलको प्लेइङ सेटमा सन्दीप लामिछाने पनि परेका छन् । तर, अन्तिम अवस्थामा आश्चर्यजनक रूपमा कप्तान युवराज सिंह भने टिममा छैनन् ।
आजको म्याचमा मोन्टरियल टाइगर्स भने कम रन रेटमा हारे पनि अन्तिम चारमा पुग्नेछ ।
यो समाचार तयार पार्दा टोरन्टो नेशनल नवौं ओभरमा दुई विकेट गुमाएर ७० रनमा खेलिरहेको छ ।