टोरन्टोको १८९ रन : सन्दीपमाथि यो स्कोरको रक्षा गर्ने चुनौति !

के स़न्दीपले चमात्कारिक बलिङ गरेर आफू र आफ्ना मित्र सोमपाल कामीको टिमलाई पनि अन्तिम चारमा पुर्याउँलान् ? तस्बिर : एजेन्सी

नेपाली क्रिकेटर सन्दीप लामिछाने ग्लोबल टी २० अन्तरर्गत मन्ट्रियल टाइगर्सलाई जित्नैपर्ने ँम्याचमा मैदानमा उत्रदैछन् । उनलाई आफ्ना ब्याट्सम्यानहरूले बनाएको १८९ रनको इनिङलाई बचाएर टिमका लागि जित निकाल्नु छ । 

स्कोरबोर्डमा १८९ रन भएकाले खेल सन्दीपकै टिम टोरन्टो नेशनल्सका पक्षमा जस्तो देखिएको छ । तर, मन्ट्रियल टाइगर्सका लागि पनि अन्तिम चारमा पुग्न यो म्याच जोगाउन त्यतिकै महत्वपूर्ण भएकाले उसले पनि जीउज्यान लगाएर जितका लागि खेल्ने छ । त्यस्तो अवस्थामा म्याच कसको पक्षमा जान्छ यसै भन्न सकिने स्थिति छैन । तर, मन्ट्रियल टाइगर्स सानो रनरेटले हारे पनि अघिल्लो चरणमा पुग्छ । यदि त्यस्तो नभएर मन्ट्रियल टाइगर्स ठूलो अन्तरले हारेमा रनरेटका आधारमा अर्का नेपाली क्रिकेटर सोमपाल कामीको गिनिपग ह्वाक्स पनि अन्तिम चारमा पुग्नेछ ।  

अव प्रश्न छ- के स़न्दीपले चमत्कारिक बलिङ गरेर आफू र आफ्ना मित्र सोमपाल कामीको टिमलाई पनि अन्तिम चारमा पुर्याउँलान् ? 

प्रकाशित मिति: : 2019-08-08 02:06:53

प्रतिकृया दिनुहोस्