क्यानडामा जारी ग्लोबल टी-२० को इलिमिनेटर राउण्डमा टोरन्टो नेशनल्सले धुवाँदार ब्याटिङ गर्दै विनिपेग ह्वाक्सलाई २३९ रनको लक्ष्य दिएको छ । टोरन्टोले पाँच विकेटको क्षतिमा २३८ रन बनायो । उसका लागि क्लासेनले ४९ बलमा १०६ रनको अविजित पारि खेले ।
अहिले विनिपेग ह्वाक्स मैदानमा उत्रिएको छ । उसले जित्नका लागि हरेक ओभरमा झण्ड १२ रन बनाउनुपर्ने हुन्छ ।
झट्ट हेर्दा र समान्य अवस्थामा यो लगभग असम्भव लक्ष्य हो तर अनिश्चितताको खेल क्रिकेटमा असम्भव चाँहि केही पनि हुदैन ।
मैदनमा जसले जिते पनि एक नेपाली क्रिकेटरको टिम फाइनलका लागि ब्रम्टन वुल्भ्ससँग खेल्नेछ भने पराजिट टिमका लागि यो सिजनको ग्लोबल टी २० को अन्तिम म्याच हुने छ ।