क्रिस गेल बने वेष्ट इन्डिजबाट सर्वाधिक एकदिवसीय खेल्ने क्रिकेटर

Agency

क्रिस गेल वेष्ट इन्डिजबाट सर्वाधिक एकदिवसीय खेल्ने क्रिकेटर बन्न सफल भएका छन्। बिहीबार राती गुआनामा भारतविरूद्ध पहिलो एकदिवसीयमा समावेश हुँदै उनले ब्रायन लारालाई पछि छोडे।

गेल एकदिवसीयमा २ सय ९६ खेल खेल्ने क्रिकेटर बन्न सफल भएका छन्। लाराले २ सय ९५ एकदिवसीय खेलेका थिए।

भारत र वेष्ट इन्डिजबीचको पहिलो खेल बर्षाबाट प्रभावित भएको थियो। भारतले टस जितेर वेष्ट इन्डिजलाई ब्याटिङको निम्तो दिएको थियो। जसमा १३ ओभरमा एक विकेट गुमाएर ५४ रन बनाउने क्रममा पानी परेपछि खेल रद्द गर्नु परेको थियो।

याे पनि पढ्नुहाेस।

निगममाथि लागेको प्रतिबन्ध हटाउन पहल गर्ने मन्त्री भट्टराईको प्रतिवद्धता (भिडियोसहित)

क्यालिफोर्नियामा छुरी प्रहारबाट चार मारिए, भर्जिनियामा दुईको गोली हानी हत्या

अमेरिकामा ६८० कागजपत्रविहीन आप्रवासी पक्राउ : छोराछारीको बिल्लिबाठ

गेलले कीर्तिमानी खेलमा ४ रन मात्र बनाए। उनलाई कुलदीप यादवले बोल्ड गरेका थिए। भारत र वेष्ट इन्डिजबीच दोस्रो एकदिवसीय ११ अगस्टमा पोर्ट अफ स्पेनमा हुनेछ।

पहिलो एकदिवसीयमा बर्षाका कारण तीन पल्ट ओभरलाई घटाइएको थियो। ५ दशमलव ४ ओभरमा खेल्ने क्रममा पानी परेपछि खेल रोकिएको थियो। यतिबेला वेष्ट इन्डिजले बिना विकेट ९ रन बनाएको थियो। बर्षाका कारण खेललाई ३४ ओभरसम्म झारिएको थियो। बर्षाका कारण यसअघि टस दुई घण्टा ढिलो सम्भव भएको थियो।

त्यतिबेला खेललाई सुरुमा ५० ओभरबाट घटाएर ४३ र फेरि ४० ओभर बनाइएको थियो।

याे पनि हेर्नुहाेस।

प्रकाशित मिति: : 2019-08-09 11:59:47

प्रतिकृया दिनुहोस्