वेष्ट इन्डिजले भारतविरूद्ध २२ अगस्टदेखि सुरु हुने पहिलो टेस्टका लागि १ सय ४० किलो तौल भएका २६ वर्षीय अलराउन्डर रहकिम कर्नवाललाई टिममा समावेश गरेको छ।
६ फिट ५ इन्च अग्ला कर्नवाल वेष्ट इन्डिजमा ‘माउन्टेन म्यान’ को उपनामले चिनिने गर्छन्।
कर्नवालले प्रथम श्रेणीमा एक सतक र १३ अर्धसतकको सहयोगले ५५ खेलमा २ हजार २ सय २४ रन बनाउँनुका साथै २ सय ६० विकेट लिएका छन्।
लिस्ट ‘ए’ क्रिकेटमा उनको प्रदर्शन उत्कृष्ट छ। उनले ४८ खेलमा १ हजार २ सय ४० रन बनाउँनुका साथै ५६ विकेट लिएका छन्। उनले ४ सतक र ३ अर्धसतक पनि बनाएका छन्।
भारतविरूद्ध अनाधिकृत टेस्टमा उनले २ अर्धसतक र ४ विकेट लिएका थिए।
याे पनि पढ्नुहाेस।
उनको छनोटलाई लिएर वेष्ट इन्डिजका रोबर्ट हेन्सले भने, ‘रहकिमले लामो समयदेखि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनले आफूलाई विजेताको रुपमा प्रस्तुत गरेका छन्। उनलाई योग्यताको आधारमा हामीले छनोट गरेका हौं।’
१३ सदस्यीय टिममा क्रिस गेललाई समावेश गरिएको छैन। चोटग्रस्त अल्जारी जोसेफ र जोमेल वारिकन पनि टिमबाट बाहिर छन्। वेष्ट इन्डिजे यसै वर्ष इंग्ल्यान्डमा २–१ ले टेस्ट जित्दै शृंखला आफ्नो नाममा लेखाएको थियो।
याे पनि पढ्नुहाेस।