क्रिकेट पिचमा भ्रष्टाचार भएको भनाई निराधारः घिमिरे

बिएल

पछिल्लो समय प्रदेशसभा र सडकमा चर्चामा रहेको मोरङ विराटनगर–१९ मा रहेको अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानको काम रोकिएको छ।

प्रदेशसभामा क्रिकेट खेल मैदान निर्माण गर्दा भ्रष्टाचार भएको विषय उठेपछि सम्बन्धित निकायले मंगलबार खेल मैदानमै पत्रकार सम्मेलन गरेर भ्रष्टाचार नगरेको दाबी गरेको छ।

बैजनाथपुर क्रिकेट मैदान तथा स्तरोन्नति व्यवस्थापन समितिका अध्यक्ष नवीन घिमिरेले पत्रकार सम्मेलनमा पिच र मैदान बनाउन कुनै किसिमको कमसल समान प्रयोग नगरेको दाबी गरे।

याे पनि पढ्नुहाेस।

अमेरिकी दूतावासले तीन घण्टापछि बोलाएरै दियो सन्दीपलाई भिसा

‘तिकंर काण्ड’ र दार्चुलावासीको भविष्य (भिडियोसहित)

आहा! नेपालगन्जको मुबारक विरयानी!(भिडियो रिपोर्ट)

‘भ्रष्टाचार गरेको र काम नै नभई विभिन्न शीर्षक बनाएर बिल भौचर पेस गरी रकम हिनामिना गरेको भन्ने कुरा गलत हो। हामी क्लियर छौं,’ घिमिरेले भने, ‘जसले पनि काम र बिल हेर्दा हुन्छ, हामी काहीं चुकेका छैनौं। जति काम भयो, त्यस अनुरुपको बिल भौचर सरकारलाई पेस गरेका छौं। हामीले नाफा कमाउनेभन्दा पनि गुणस्तरलाई ध्यान दिँदै काम अघि बढाएको हौं।’

उनले सरकारसँग जेठ तेस्रो साता सम्झौता भएको र यसपछि काम सुरु गरेको बताए। ‘वर्खामा सम्झौंता भयो र काम सुरु ग¥यौं, भारतको मुम्बईंका क्युरेटर सन्तोष सिंहलाई ल्याएर पिच र मैदानलाई कसरी अन्तर्राष्ट्रिय स्तरको बनाउने भनेर व्यापक छलफल गरेपछि उसको अनुभवको आधारमा भारतको विभिन्न ठाउँमा बनाइएका अन्तर्राष्ट्रिय मैदानको फर्मुला प्रयोग गरी काम भइरहेको छ,’ घिमिरेले बताए।

उनले बैजनाथपुरमा ५ वटा अन्तर्राष्ट्रियस्तरको पिच बन्ने बताए।

याे पनि हेर्नुहाेस।

‘अन्तर्राष्ट्रिय स्तरको पिच निर्माण गर्दा अढाइ फिट गहिरो खाल्डो खनेर इँटा, फोड्वा गिट्टी, बालुवा प्रयोग गरिने चलन छ। यसपछि पहेंलो माटो, कालो माटो र रातो माटो प्रयोग हुन्छ,’ उनले भने।

मैदान निर्माणका लागि व्यवस्थापन समिति र प्रदेश सरकारबीच ८५ लाख रुपैयाँको सम्झौता भएको थियो।

‘अहिलेसम्म ३६ लाख ५७ हजार रुपैयाँ खर्च भएको र सरकारलाई त्यही खर्च अनुरुपको बिल भौचर पेस गरेका छौं,’ समिति अध्यक्ष घिमिरेले भने, ‘८५ लाख रुपैयाँको सम्झौतामा भ्रष्टाचार गर्ने भएको भए सबै रकम मैदानमा खर्च गर्ने थिएनौं होला,’ उनले आफू र आफ्नो कमिटीमाथि लागेको आरोपको बचाउ गर्दै भने, ‘पिच र मैदान बनाउन करिब ४३ लाख मात्र लाग्ने भएपछि त्यस अनुसार काम गर्दै गयौं। ३६ लाख ५७ हजार खर्च भयो। बाँकी पैसा सरकारलाई फिर्ता गरेका छौं। वर्खाको समयले गर्दा काम ढिला भयो, हामीले जुन गतिमा गर्न खोजेका थियौं पानीले गर्न दिएन।’

समितिले सरकारसँग समन्वय गरेर सम्झौता अनुसारको बजेटबाट मैदानमा चाहिने आधुनिक घाँस काट्ने मेसिन ठूलो र सानो गरी ३ वटा, पिचको घाँस काट्ने स्पेशल मेसिन १ वटा, पिच छाप्नका लागि जुट र प्लाष्टिका कभर २–२ थान र पूरै मैदान ढाक्नका लागि कभर ३ थान खरिद भइसकेको बताएको छ।

 

प्रकाशित मिति: : 2019-08-13 22:58:46

प्रतिकृया दिनुहोस्