यसै महीना श्रीलङ्कामा हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट सहभागी हुने खेलाडी छनोट गरिएको छ।
यही भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि नेपालले आज रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो।
प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोलि शनिबार ( भदौ ७ ) श्रीलंका प्रस्थान गर्नेछ जहाँ अभ्यास गर्नुको साथै केही अभ्यास खेल समेत खेल्नेछ। नेपाली टिमलाई श्रीलंकामा भारतीय प्रशिक्षक अपूर्व देसाईले सघाउनेछन्।
नेपालको समूहमा श्रीलंका, बंगलादेश र युएई रहेका छन्। यस्तै अर्को समुहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन्।
दुवै समुहमा सबै टिमले एक-अर्का बिरुद्ध १-१ खेल खेल खेलिसकेपछि शिर्ष स्थानमा रहने २/२ टिम सेमिफाइनल प्रवेश गर्नेछ।
नेपालले आयोजक श्रीलंकासंग भदौ २० गते खेल्दै प्रतियोगिताको सुरूवात गर्नेछ।
त्यसैगरी समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन्। नेपालले आफ्नो दोस्रो खेल भदौ २२ गते बङ्गलादेशसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल भदौ २४ गते युएईसँग खेल्नेछ।
गत असार महीनामा मलेसियामा सम्पन्न एसिसी यू–१९ इन्टर्न रिजनको उपाधि जितेर नेपाल एसिया कपमा छनोट भएको थियो। त्यतिबेला नेपालले फाइनल खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दै उपाधि हासिल गरेको थियो।
नेपाली टिम :-
जुलाईमा मलेसियामा सम्पन्न एसीसी यु-१९ इस्टर्न प्रतियोगितामा टिममा रहेका लेग स्पिनर तिलक भण्डारी, बिशाल बिक्रम केसी यो पटक टिममा छैनन्।
देब्रे हाते स्पिनर सूर्य तामाङले भने टोलिमा कमब्याक गरेका छन्। यस्तै सन्दिप जोरा र आसिफ शेख पनि टिममा फिर्ता भएका छन् जसलाई एसीसी यु-१९ इस्टर्नमा वैकल्पिक सूचीमा राखिएको थियो।
घोषित टिममा ब्याटिङमा रोहित पौडेल, रित गौतम, हरि बहादुर चौहान, कुशल मल्ल, सन्दिप जोरा, भिम शार्की, खडक बोहरा, लोकेस बम छन्।
यस्तै बलिङतर्फ प्रतिस जिसी, सूर्य तामाङ, सागर ढकाल, रासिद खान, कमल सिंह ऐरी छन्।
पवन सर्राफ र कुशल मल्ल अल-राउण्डरको रुपमा टिममा छन्।
१५ सदस्यीय नेपाली टिम :-
रोहित पौडेल ( कप्तान ) , रित गौतम , पवन सर्राफ, आसिफ शेख, सन्दिप जोरा, भिम शार्की, हरि बहादुर चौहान, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडक बोहरा, सुर्य तामांग, लोकेश बम , प्रतिस जिसी
१५ सदस्यीय टिमसंगै यो पटक ५ जना सपोर्ट स्टाफ समेत श्रीलंकामा रहनेछन्। टिम प्रशिक्षकमा बिनोद दास छन् भने ब्याटिङ कन्सल्टेन्ट अपुर्भ देसाई छन्।
यस्तै नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान राजु खड्का व्यवस्थापकको रूपमा रहनेछन् भने फिजियो विक्रम न्यौपाने र फिटनेस ट्रेनर सुवास पात्रो रहनेछन्।