साफ यु-१९ च्याम्पियनसिपः भारतसँग नेपालको ४-० को हार, बंगलादेशसँग शुक्रबार

साफ यु-१९ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ४-० गोल अन्तरले पराजित भएको छ।

मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित भएपछि नेपाल समूह उपविजेतामा सीमित भयो।

भारतले यसअघि श्रीलंकालाई ८-० ले हराएको थियो। आयोजक ६ अंक सहित समूह विजेता बन्न सफल रहयो। नेपालले यसअघि श्रीलंकालाई ५-० ले हराएको थियो। ३ अंक सहित नेपाल समूहको दोस्रोमा छ।

अब सेमिफाइनलमा शुक्रबार भारतले समुह ‘ए’ को उपविजेता माल्दिभ्ससँग र नेपालले समुह ‘ए’ को विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: : 2025-05-14 14:15:00

प्रतिकृया दिनुहोस्