विश्वकप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा

Agency

आगामी सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेत र चाइनिज ताइपेसँग खेल्ने २३ सदस्सीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार कुवेत र ताइपेसँग खेल्ने २३ सदस्सीय टोलीको घोषणा गरेको हो।

आगामी भदौ १९ गते नेपालले कुवेतसँग उसैको घरेलु मैदानमा खेल्नेछ। यस्तै ताइपेईसँग भदौ २४ गते उसैको मैदानमा खेल्नेछ।

मुख्य प्रशिक्षक योहान कालिनले नियमित सदस्य तथा कप्तान विराज  महर्जनलाई फिटनेसको समस्या देखाउँदै टिममा राखेनन्।

यस्तै मलेसियन क्लबसँग मैत्रीपूर्ण खेलमा टिममा रहेका गोलकिपर एलेन न्यौपाने र विमल राना पनि टिमबाट बाहिरिएका छन्। फरवार्ड भरत खवास नेपाली सेनाको तालिमको कारण टिममा छैनन्  ।

नियमित सदस्य रोहित चन्द र किरण चेम्जोङ टिममा परेका छन् । मलेसियन क्लबसँगको खेलमा रोहित र किरण टोलीमा थिएनन् ।

विश्वकप छनोटमा नेपाल समूह 'बी' मा ‍छ। नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।

 

नेपाली टिम :

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डर : रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई

फरवार्ड : विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

प्रकाशित मिति: : 2019-08-29 22:54:47

प्रतिकृया दिनुहोस्