नेपाली राष्टूिय टिमका पूर्व प्रशिक्षक पुबुदु दासनायके ४ वर्षपछि पुन: नेपाल आउन लागेका छन्। तर यस पालि उनकाे भूमिका फरक हुनेछ। उनी राष्टूिय टाेलीकाे जिम्मेवारी नभइ क्लब क्रिकेटकाे जिम्मेवारी लिन नेपाल फर्किन लागेका हुन्।
नेपाली क्रिकेट विशेष टि–२० लाई माथि उठाउन महत्वपूर्ण याेगदान गरेका पुबुदु एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलका लागि भैरहवा ग्लाडियटरकाे प्रशिक्षककाे भूमिका निर्वाह गर्न नेपाल आउन लागेका हुन्। क्लबले उनकाे सम्झाैता २०२० सम्म रहने जनाएकाे छ।
याे पनि पढ्नुहाेला।
१६ वर्षमा आँखा गुमाएकी श्रृष्टी युरोपमा ‘मास्टर्स’ गर्ने पहिलो दृष्टिविहिन (भिडियो सहित)
नेपाली क्रिकेटमा देखिएकाे विवादका बीच पुबुदु २०१५ मा क्यानडा फर्किएका थिए। उनकाे कार्यकालमा नेपाल डिभिजन ५ बाट उक्लिएर ३ मा पुगेकाे थियाे। नेपालले सन् २०१४ काे टि–२० काे विश्व कप पनि खेलेकाे थियाे।
भैरहवा ग्लाडियटरका मालिक आदित्य संघाईका अनुसार पुबुदुलाई फेरि नेपाल ल्याउन पाउनु क्लबकाे ठूलो सफलता भएको बताउँछन्। कप्तान शरद भेषावकरले पनि पुबुदुकाे आगमनले धेरै कुरा सिक्न पाउने बताए। २ सिजन लगातार उप विजेतामा चित्त बुझाएकाे भैरहवा ग्लाडियटरले पुबुदुकाे प्रशिक्षणमा लाभ लिने बताएकाे छ।
इपीएलमा भैरहवा २०१७ र २०१८ मा फाइनल पुगेर हारेकाे थियाे।
याे पनि हेर्नुहाेला।
मृगौला प्रत्यारोपण गरेका धुव्र विक्रम जसले विश्व कीर्तिमानी खेलाडी जन्माए (भिडियो रिपोर्ट)