युभेन्ट्सले मारियो मान्डजुकिच सहित तीन स्टार खेलाडी च्याम्पियन्स लिग समुह बाहिर

Agency

ईटालियन क्लब युभेन्ट्सले मारियो मान्डजुकिच सहित तीन स्टार खेलाडीलाई च्याम्पियन्स लिगको समुह बाहिर राखेको छ।

सिरि ए लिग विजेता युभेन्ट्सले ईमी कान र फरवार्ड मान्डजुकिच सहित तीन खेलाडीलाई च्याम्पियन्स लिगको समुह चरणको खेल बाहिर राखेको छ।

युभेन्ट्सले घोषणा गरेको २२ सदस्यीय टिममा कप्तान जर्जियो चिलिनी सहित कान र मान्डजुकिच छैनन। चिलिनी चोटका कारण लामो समय मैदान बाहिर बस्ने भएका छन्। कान सन २०१८ मा लिभरपुलबाट ईटालियन जायन्ट आएका थिए।

युभेन्ट्सका मुख्य प्रशिक्षकले ६ नयाँ खेलाडीलाई समावेश गर्दै च्याम्पियन्स लिगको समुह चरण खेल्ने टोलीको घोषणा गरेका छन्। सो समुहमा वेल्स्का मिडफिल्डर आरोन राम्सी समेत सहभागी हुनेछन्।

 

प्रकाशित मिति: : 2019-09-05 08:41:26

प्रतिकृया दिनुहोस्