पाकिस्तानी क्रिकेट टिमका पूर्व खेलाडी तथा लेग स्पिनर अब्दुल कादिरको निधन भएको छ। मुटुमा समस्या आएपछि उपचारका क्रममा ६३ वर्षको उमेरमा उनको निधन भएको हो।
विश्व क्रिकेटमा लेग स्पिनका चर्चित खेलाडी कादिर ६४ वर्षको जन्मदिनको नौ दिन अगाडि मृत्यु भएको हो। विश्वका चर्चित खेलाडी सेन वार्न, मुस्ताक अहमेद जस्ता खेलाडीको मेन्टर भइसकेका कादिरको लाहोरमा निधन भएको हो।
खेलाडी जीवनपछि पनि कादिरले पाकिस्तानी क्रिकेट टिमसँग बारम्बार योगदान गरेका थिए। उनले आफ्नै निजी क्रिकेट एकेडेमी पनि खोलेका थिए। उनको मृत्युले पाकिस्तान क्रिकेट निकै आश्चार्यमा परेको छ। उनको क्रिकेट योगदानको कदर गर्दै मृतक कादिरको परिवारलाई संयमित हुन पाक क्रिकेट बोर्डले समबेदना दिएको छ।
PCB is shocked at the news of 'maestro' Abdul Qadir's passing and has offered its deepest condolences to his family and friends. pic.twitter.com/NTRT3cX2in
— Pakistan Cricket (@TheRealPCB) September 6, 2019
खेलाडी जीवनमा उनले एक सय चार एकदिवसीय र ६७ वटा टेष्ट खेल खेलेका थिए। जसमा उनले एकदिवसीयमा १ सय ३२ र टेष्टमा २ सय ३६ विकेट लिएका थिए।
उनले पाकिस्तान टिमको कप्तानी पनि गरेका थिए। तर उनको कप्तानी राम्रो रहेन। उनको कप्तानीमा पाकिस्तानले खेलका पाँच टेष्टमा चारमा पराजित भएको थियो।
खेलाडी जीवनपछि उनी पाकिस्तानको टिम छनोट समितिको प्रमुख पनि भएका थिए।
Abdul Qadir, the legendary Pakistan leg-spinner, has passed away at the age of 63. May he rest in peace. pic.twitter.com/Kl0Vox35Qu
— ICC (@ICC) September 6, 2019