चाइनिज ताइपेइलाई हराएको नेपाली टोली स्वदेश फिर्ता

तस्बिरः बिएल

आगामी सन २०२२ को कतार विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत चाइनिज ताइपेइबिरुद्ध ऐतिहासिक जित निकालेको नेपाली फुटबल टोली गए राति स्वदेश फर्किएको छ ।

बुधबार राति १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले खेलाडीहरूको स्वागत गरे ।

विश्वकप तथा एसियन कपको छनोट प्रतियोगिताको समूह बी मा रहेको नेपालले पहिलो खेलमा कुवेतबिरुद्ध ७–० को हार व्यहोरे पनि दोस्रो खेलमा चाइनिज ताइपेईविरुद्ध २–० को जीत निकाल्दै उत्कृष्ट पुनरागमन गरेको छ।

नेपालको जितमा अन्जन विष्टले दुवै गोल गरेका थिए । छनोट प्रतियोगितामा नेपालले पहिलो ३ अंक जोड्न सफल भएको थियो ।

समूह बी को आफ्नो तेस्रो खेलमा नेपालले असोज २३ गते अस्ट्रेलियासँग क्यानबेरामा खेल्नेछ । त्यसको ५ दिनपछि चौथो खेलका लागि जोर्डन पुग्नेछ ।

प्रकाशित मिति: : 2019-09-12 08:36:47

प्रतिकृया दिनुहोस्