शीर्षस्थानको म्याड्रिडलाई सोसिडाडले हरायो

तस्बिरः एजेन्सी

स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले रियल सोसिडाडसँग हार बेहोरेको छ। एट्लेटिको घरेलु टोली रियल सोसिडाडसँग शनिबार राति भएको खेलमा २–० ले पराजित भएको हो।

अत्यान्त प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा घरेलु टोलीले दुई गोल गर्दै महत्वपूर्ण तीन अंक जोड्यो।

५८औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। त्यसको तीन मिनेटपछि नै नाचो मोनरियलले गोल गर्दै रियल सोसिडाडको २–० को जित सुनिश्चित गरे। ला लिगामा एट्लेटिकोको यो पहिलो हार हो।

जितसँगै सोसिडाड ४ खेलबाट ७ अंक जोडेर छैठौं स्थानमा उक्लिएको छ। पराजित एट्लेटिको समान ४ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा यथावत छ। दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ८ अंक छ ।

प्रकाशित मिति: : 2019-09-15 08:00:32

प्रतिकृया दिनुहोस्