जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको तेस्रो खेलमा नेपालले ताजिकिस्तानसँग लज्जास्पद नतिजा ब्यहोरेको छ।
शुक्रबार राति भएको खेलमा नेपाल ताजिकिस्तानसँग ७-० गोलको फराकिलो अन्तरले पराजित भएको हो।
अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा नेपाली टोली पहिलो हाफमै ४–० ले पछि परेको थियो। टोलीले दोस्रो हाफमा थप ३ गोलको सामना गर्नुपर्यो। ताजकिस्तानको छनोटमा यो लगातार तेस्रो जीत हो।
समूह ‘ए’ को आफ्नो पहिलो खेलमा पनि नेपाली टोलीले जार्डनसँग ७–० को हार बेहोरेको थियो। दोस्रो खेलमा भने नेपाल र कुवेतले १–१ को बराबरी खेलेका थिए। प्रतियोगिताबाट बाहिरिएको नेपालले अन्तिम खेलमा आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।