फ्रान्सेली मिडफिल्ड ग्रीष्म ऋतुमा रियल मड्रिड जान सकेनन्, तर क्लबका कप्तान सर्जिओ रामोसले भने उनी अझै आउन सक्ने बताएका छन् । म्यानचेष्टर युनाइटेडका पल पोग्बा जस्ता खेलाडीहरुलाई सान्टिएगो बेर्नाबाउमा सँगै स्वागत गरिने उनले बताए ।
रामोसले द एक्सप्रेससँग भनेका छन्, ‘मलाई लाग्छ, उनी जस्ता खेलाडीका लागि रियल मड्रिडको ढोका सधैं खुला हुनेछ ।’
आफ्ना लागि पोग्बा एक महान खेलाडी भएको उनले बताए । उनी अरुभन्दा फरक छन् र उनले युभेन्टस र म्यानचेष्टर युनाइटेडमा आफ्नो महत्व दर्साइसकेका छन्’, रामोसले भनेका छन् ।