नेपालगन्ज म्याराथनको पाँचौं संस्करण मंसिर ७ मा

बिएल
क्रियटिभ ह्याण्ड्सले शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मुल नाराका साथ आयोजना गर्दै आएको नेपालगन्ज म्याराथन २०१९ को तयारी तिब्र पारिएको छ । दश बर्षे सशस्त्र द्धन्द्धको औपचारिक अन्त्य भइ बृहत शान्ति सम्झौता भएको दिन ०६३ मंसिर ५ गतेको स्मरणमा नेपालगन्ज म्याराथन आयोजना थालिएको हो । यसबर्ष मंसिर ७ मा नेपालगन्ज म्याराथनको पाँचौं संस्करण हुदैंछ।
 
 
नेपालगन्ज म्याराथनको पाँचौं संस्करण भव्य गराउन व्यवस्थापन चुस्त र पुरस्कार राशीमा बृद्धि गर्ने तयारी गरेको आयोजक संस्थाका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए। पुरस्कार राशी भने केहि समयपछि सार्वजनिक गर्ने जानकारी आइतबार आयोजित पत्रकार सम्मेलनमा गराइयो। पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफ म्याराथन, ५ किलोमिटर महिला तथा पुरुषको स्कुल स्तरीय तथा खुल्ला दौड समावेश गरिएको छ । त्यसैगरी ८ देखि १२ बर्ष उमेरसमुहको पनि दौड राखिएको छ भने शारीरिक रुपले अशक्तहरुको लागि पनि दौड स्पर्धा समेटिएको छ।

यस बर्षदेखि ३ किलोमिटरको कर्पोरेट रन पनि राखिएको छ । यसमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथा बिभिन्न पेशा र व्यवसायीहरुले सहभागिता जनाउनेछन् । खुल्ला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफ म्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ। अन्य सबै विधामा नगद पुरस्कार दिइनेछ। कर्पोरेट रनका विजेतालाई सरप्राइज पुरस्कार प्रदान गरिनेछ।

किन भारतले निजगढ एयरपोर्ट बन्न दिन्न? (भिडियोसहित)

नेपालगन्ज उपमहानगरपालिका नजिक बिपी चोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः बिपी चोकमा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागि हुनेछन् । त्यस्तै, जुम्ला, कालिकोट लगायतका कर्णालीका जिल्लाहरु र प्रदेश ५, ६ र ७ का खेलाडीहरुले भाग लिदैआएका छन्। नेपालगन्ज र कोहलपुरलाई भावनात्मक रुपमा अझै जोड्नका लागि पनि यो म्याराथन महत्वपूर्ण हुने विश्वास आयाेजकले लिएकाे छ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा र चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई विजेता बनेका थिए। महिला हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भएकी थिइन् । यसपटक सबै विधामा नगद पुरस्कार बृद्धि गरिनेछ। 
 
 
 
 
 
प्रकाशित मिति: : 2019-09-30 08:54:19

प्रतिकृया दिनुहोस्