नेपालले पायो १६१ रनको लक्ष्य : पारस टिके सम्भव, नत्र भन्न सकिन्न !

पारस टिके सम्भव, नत्र भन्न सकिन्न ! तस्बिर : एजेन्सी

सिंगापुरमा अहिले भैरहेको नेपाल र जिम्बाब्वेबीचको खेलमा नेपालले एक सय ६१ रनको लक्ष्य पाएकोछ।

नेपालले टस जितेर पहिला ब्याटिङ गर्न आमनत्रण गरेको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६० रन जोडेको छ । 

यो रनमा सिन विलियम्सको  ५३ रन रहेको छ भने पिटर मुरले २१, तिनोटेन्डा मुतुम्बोजीले २० र रायन बर्लले अविजित २८ रन बनाए। 

बलिङतर्फ नेपालका बलर सन्दीप लामिछाने र सोमपाल कामीले दुई दुई विकेट लिए भने पारस खड्का र अविनाश बोहोराले एक एक विकेट लिए । 

नेपालसहित सिंगापुर र जिम्बाब्बे सम्मिलित त्रिकोणात्मक श्रृंखलामा सबैको समान दुई अंक भ पनि रनरेटका आधारमा नेपाल शीर्षस्थानमा छ।  यसअघि नेपाल जिम्बावेसँग पाँच विकेटले पराजित भएको  थियो भने सिंगापुरलाई ९ विकेटले हराएको थियो।

प्रकाशित मिति: : 2019-10-01 19:15:05

प्रतिकृया दिनुहोस्