हाजार्डकाे रियलमा डेब्यु गाेल

Agency

स्पेनकाे महारथी क्लब रियल म्याड्रिड आगमनपछि चेल्सीका पूर्वस्टार स्ट्राइकर इडेन हाजार्डले डेब्यु गाेल गरेका छन्। ग्रानाडाविरुद्ध गएराती भएकाे खेलमा रियल ४–२ गाेलले विजयी भयाे। जसमा हजार्डकाे गाेल महत्वपूर्ण थियाे। 

उनले पहिलाे हाफकाे अन्तिम मिनेटमा गाेल गरेका थिए। बेर्नाबाउकाे ७० हजार घरेलु समर्थक माझ रियलले खेल सुरु भएकाे दाेस्राे मिनेटमै अग्रता बनाएकाे थियाे, जब करिम बेन्जिमाले सुरुवाती गाेल गरे। पहिलाे हाफमा हाजार्डले खेलकाे स्थिति २–० मा पुर्याए। 

रियलका लागि तेस्राे गाेल लुका माेड्रिचले ६१ मिनेटमा गरे। तर यसपछि खेलले नाटकिय रुप लियाे। ग्रानाडाले १० मिनेटभित्र २ गाेल फर्काएर सनसनी मच्चायाे। यसअघि बार्सिलाेनालाई स्तब्ध बनाएकाे ग्रानाडाले ६९ मिनेटमा पेनाल्टीकाे अवसर पाएकाे थियाे। यस्तै ७८ मिनेटमा अर्काे गाेल थपेर ग्रानाडाले रियललाई आछुआछु पारेका थिए। 

रियलले अन्तिम समयमा चाैथाे गाेल थप्याे। हामेस राेड्रिगेजले चाैथाे गाेल गरेका थिए। जितसँगै रियलले १८ अंक बनाएको छ । 

प्रकाशित मिति: : 2019-10-06 07:54:57

प्रतिकृया दिनुहोस्