नेपालका पाँच बलर टी २० वरीयतामा समावेश: सन्दीप, करण र अविनाश पहिलोपटक अटाए

फाइल तस्बिर

नेपालमा युवा लेग स्पिनर सन्दीप लामिछाने पहिलो पटक आईसीसीको टी २०क्रिकेटको वरियतामा अटाएका छन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले सार्वजनिक गरेको टी २० क्रिकेटको नयाँ वरियतामा सन्दीपसँगै करण केसी र अविनाश बोहरा पनि पहिलोपटक अटाएका छन्।

यसअघि नेपालका कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मीमात्रै वरीयतामा समावेश भएको थिए । वरीयताक्रम अनुसार सन्दीप नेपाली बलरमध्ये सबैभन्दा माथि छन्। उनले ४२२ रेटिङ पाउँदै ६४औं स्थानमा रहेका छन्। त्यस्तै ४०९ रेटिङ पाएका सोमपाल कामी ६८ औँ स्थानमा छन्।

पहिलोपटक टी २० वरीयतामा समावेश भएका करणले ३७७ रेटिङ सहित ८३ औं स्थानमा छन् भने अभिनाश ३५२ रेटिङ सहित १००औं स्थानमा छन्।

३८६ रेटिङ अंक पाएका बसन्त भने ९० औं स्थानमा झरेका छन् ।

टी २० को अलराउण्डर वरियतातर्फ कप्तान पारस २४ औं स्थानमा उक्लिएका छन् । कप्तान पारसले १०८ रेटिङ अंक पाएका छन् । कप्तान पारसको सर्वाधिक उच्च वरियता भने २५ रहेको छ ।
तर, कप्तान पारस अलराउण्डरमा वेष्ट इण्डिजका क्रिस गेल, आन्द्रे रसेल, भारतका सुरेश रैना, हार्दिक पाण्डाय, रोहित शर्मा, अफगानिस्तानका राशिद खान र इंग्ल्याण्डका बेन स्टोक्स भन्दा अघि रहेका छन् ।

पहिलोपटक वरीयतामा समावेश भएका करण केसीले बलिङसँगै अलराउन्डरमा पनि स्थान बनाएका छन्। उनले ४२ रेटिङ पाउँदै ७७ औँ स्थान पाएका छन्।

प्रकाशित मिति: : 2019-10-11 10:50:33

प्रतिकृया दिनुहोस्