सांघाई मास्टर्स: जोकोभिक र फेडेरर क्वार्टरफाइनलबाटै बाहिरिए

तस्बिरः एजेन्सी

विश्व नम्बर एक नोभाक जोकोभिक सांघाई मास्टर्सको क्वाटरफाइनलबाट बाहिरिएका छन् ।

चीनको संघाईमा शुक्रबार भएको खेलमा सर्बियन जोकोभिक ग्रिसका स्टेफानोससँग पराजित हँुदै क्वाटरफाइनलबाटै बाहिरिएका हुन्। जोकोभिकलाई स्टेफानोसले ३–६, ७–५ र ६–३ ले पराजित गरे ।


अब स्टेफानोसले सेमिफाइनलमा डानिल मेड्भेदेबसँग खेल्ने छन् ।

यस्तै अर्को क्वाटरफाइनलमा स्विस खेलाडी रोजर फेडेरर एलेक्सजेन्डर जेभरेभसँग ६–३, ६–७,(७–९) र ६–३ ले पराजित भए ।

जेभरेभले अब माटियो बेरेट्टिनी र डोमिनिक थिमबीचको विजेतासँग खेल्नेछन् ।

यसअघि अमेरिकी खेलाडी जोन इश्नरलाई हराउँदै जोकोभिक अन्तिम आठमा पुगेका थिए भने बेल्जियमका डेभिड गोफिनलाई हराउँदै फेडेररले क्वार्टरफाइनलको यात्रा तय गरेका थिए ।

 

प्रकाशित मिति: : 2019-10-11 20:25:06

प्रतिकृया दिनुहोस्