युरो कप छनोट २०२०: नर्वेसँग स्पेन बराबरीमा रोकियो, रामोसले बनाए अर्को कीर्तिमान

फाइल तस्बिर

युरो कप छनोट २०२० अन्तरगत भएका खेलमा स्पेन नर्वेसँग गोल रहित बराबरी रोकिएको छ ।

आइतबार बिहान भएका समूह एफ अन्तरगत भएको खेलमा स्पेनले नर्वेसँग १–१ गोलको बराबरी रोकिएको हो।

स्पेनका लागि खेलको ४७औ मिनेटमा साउलले गोल १–० को अग्रता दिलाएका थिए । तर खेलको ९४औं मिनेटमा नर्वेले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई गोल गर्दै जोशुआ किंगले खेल १–१ को बराबरीमा रोके ।

बराबरीसँगै ७ खेलबाट १९ अंक बटुलेको स्पेन अंक तालिकाको शीर्ष स्थानमा छ । पराजित नर्वे भने समान खेलबाट १० जोड्दै तालिकको चौथो स्थानमा छ ।

रामोसको कीर्तिमानी खेल

स्पेनका कप्तान सर्जियो रामोसले यहि खेलबाट कीर्तिमान कायम गरेका छन् ।उनले स्पेनको राष्ट्रिय फुटबल टिमबाट सर्वाधिक खेल खेल्ने कीर्तिमान कायम गरे । उसले स्पेनबाट १ सय ६८ क्याप जिते ।

यसअघि ईकर कासिलासको नाममा सो कीर्तिमान रहेको थियो ।रियल मड्रिडका ३३ बर्षिया स्टार खेलाडी रामोसले सन् २००५ मा स्पेनबाट डेब्यु गरेका थिए । उनले स्पेनको स्वर्णिय युगको समय विश्वकप र दुई युरो कपको उपाधि उचालेका थिए ।

रामोस अब ईजिप्टका मिडफिल्डर अहमेद हसनको १ सय ८४ खेलको विश्व कीर्तिमानतर्फ अघि बढेका छन् । हसनले सो कीर्तिमान १९९५ देखि २०१२ सम्म खेल्दै तय गरेका थिए ।

प्रकाशित मिति: : 2019-10-13 06:58:43

प्रतिकृया दिनुहोस्