रिचा श्रेष्ठको स्मृतिमा अस्ट्रेलियामा क्रिकेट सुरु

बिएल

नेपाल क्रिकेट संघकी पूर्व सदस्य रिचा श्रेष्ठको स्मृतिमा आइतबारदेखि अस्ट्रेलियाको मेलबर्नमा ‘नोबल रिचा मेमोरियल क्रिकेट प्रतियोगिता’ सुरु भएको छ।

अस्ट्रेलियामा रहेको नेपाली समुदायको आठवटा टिम सहभागी यस प्रतियोगिता सगरमाथा सिसी र भिएनअएको संयुक्त आयोजनामा हुँदैछ।

प्रतियोगिताको समूह ‘ए’ मा एक्सपर्ट सिसी, आरआरसिसी ए, एसएजी ब्रिलियन्ट, टिएचसी समावेश रहेको छ भने समूह ‘बी’ मा एससिसी ए, आरआरसिसी बी, नरे किङ्स र गोर्खाली सिसी रहेको छ।

पहिलो दिन भएको खेलमा नरे किङ्स विजयी भयाे। 

नरेले पहिलो खेलमा आरआरसिसी ‘बी’ लाई ९ विकेटले पराजित गर्यो। नरेको जितमा ‘म्यान अफ दि म्याच’ किरन कण्डेलले ४९ रन बनाए।

पहिलो ब्याटिङ गरेको आरआरसिसी ‘बी’ ले २० ओभरमा ४ विकेटको क्षतिमा ९३ रन बनायो। प्रत्युत्तरमा किरनको विस्फोटक ब्याटिङका कारण १२ दशमलव २ ओभरमा जितलाई आत्मसाथ गर्यो।

रिचाकाे केही महिनाअघि अस्ट्रेलियामै असमायिक निधन भएकाे थियाे। 

प्रकाशित मिति: : 2019-10-13 15:47:53

प्रतिकृया दिनुहोस्