चीनले २०२१ को क्लब फुटबलको विश्व कप आयोजना गर्ने

Agency

सन् २०२१ मा आयोजना हुने क्लब फुटबलको विश्व कप चीनले गर्ने भएको छ। यसको घोषणा बिहीबार चीनको संघाई शहरमा आयोजना भएको फिफा बैठकमा गरिएको हो। फिफाका अनुसार २०२१ को क्लब फुटबलको विश्व कप नयाँ फरम्याटमा हुनेछ। प्रतियोगितामा २४ टिमले भाग लिदैछन्।

फिफा अध्यक्ष गियानी इन्फेन्टिनोले भने, ‘फुटबलका लागि यो ऐतिहासिक निर्णय हो। फिफाले चीनलाई क्लब फुटबलको विश्व कप आयोजनाको जिम्मेवारी सुम्पिने निर्णय गरेको छ।’

प्रतियोगिता जुन–जुलाईमा हुनेछ। सन् २०२० को क्लब विश्व कप ११ डिसेम्बरमा कतारमा हुँदैछ। यो प्रतियोगिता भने पुरानै फरम्याटमा हुनेछ।
कतारले २०२२ को विश्व कप आयोजना पनि गर्दैछ।

प्रकाशित मिति: : 2019-10-24 23:14:07

प्रतिकृया दिनुहोस्