यस्तो छ, अस्ट्रेलियामा टि–२० विश्व कप खेल्ने १६ राष्ट्र

एजेन्सी


अघिल्लो वर्ष अस्ट्रेलियामा आयोजना हुने आइसिसी टि–२० विश्व कपका लागि १६ वटा टिमको घोषणा भएको छ। करिब एक महिना चल्ने विश्व कपको छनोट चरणको सबै खेल सम्पन्न भइसकेको छ।

यसपालि टेस्ट मान्यता प्राप्त ९ टिमले वरियताको आधारमा सिधै प्रतियोगितामा सहभागिता जनाएका छन्। बाँकी ६ टिम छनोटको आधारमा समावेश हुदैछन् भने अस्ट्रेलिया आयोजक टिमको आधारमा विश्व कप खेल्दै छ।

अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले प्रतिबन्ध लगाएको कारण जिम्बाबेले छनोट पनि खेल्न पाएन।

टेस्ट राष्ट्र

पाकिस्तान, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, भारत, न्युजिल्यान्ड, श्रीलंका, अफगानिस्तान, बंगलादेश र वेष्ट इन्डिज सिधै छनोट भएर सन् २०२० को टि–२० विश्व कप खेल्दैछ। कङ्गारू टिम आयोजकको नाताले विश्व कप खेल्दै छ।

छनोट भएर विश्व कप खेल्ने टिम

यसपालि छनोट भएर विश्व कप खेल्न लागेको टिममा आयरल्यान्ड, पपुवा न्युगिनी, नेदरल्यान्ड्स, नामिबिया, स्कटल्यान्ड र ओमान रहेका छन्। हङकङलाई १२ रनले पराजित गरेपछि ओमानको विश्व कप खेल्ने बाटो खुला भएको थियो।

टि–२० विश्व कपअन्तर्गत यसअघि भारतले (२००७), पाकिस्तानले (२००९), इंग्ल्यान्डले (२०१०), श्रीलंकाले (२०१४) र वेष्ट इन्डिजले (२०१२ र २०१६) मा उपाधि जितेका छन्।

अघिल्लाे वर्ष १८ अक्टुबरदेखि १५ नाेभेम्बरसम्म विश्व कपकाे खेल आयाेजना हुनेछ।

 

 

 

प्रकाशित मिति: : 2019-10-31 17:20:36

प्रतिकृया दिनुहोस्