लेवान्डोस्कीले गरे १४ मिनेट ३१ सेकेन्डमा चार गोल,बन्याे कीर्तिमान

प्रतिकारत्मक तस्बिर

च्याम्पियन्स लिग फुटबलमा बार्यन म्युनिखले फराकिलो जित हात पारेको छ।

मंगलबार राति सर्बियाको रेल स्टार बेलग्रेडलाई बार्यनले ६–० गोल अन्तरले हराएको हो।

बार्यनको जितमा रोबर्ट लेवान्डोस्की एक्लैले चार गोल गरे।उनले च्याम्पियन्स लिगमा सबै भन्दा चाँडो चार गोल गर्ने खेलाडीको कीर्तिमान बनाए। उनले १४ मिनेट ३१ सेकेन्डमा चार गोल पुरा गरेका हुन्।

लेवान्डोस्कीले यस सिजन क्लब र देशका लागि ३० गोल गरे। उनले सबै प्रतियोगितामा २४ खेल खेल्दा सो गोल गरेका हुन्। उनले च्याम्पियन्स लिगको समूह चरणमै १० गोल गरे ।

खेलमा अग्रता बार्यनले १४ औ मिनेटमा लियोन गोत्र्जकाको गोलबाट लिएको थियो। खेल सकिन एक मिनेट बाँकी छदाँ कोरेन्टिन टोलीसोले बार्यनका लागि छैटौं गोल गरे।

५३ औ मिनेटमा पेनाल्टीमा पहिलो गोल गरेका लेवान्डोस्कीले ६० औ मिनेटमा दोस्रो र ६४ औ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए।

उनले ६७ औ मिनेटमा व्यक्तिगत रुपमा चौथो गोल गर्दै क्लबलाई फराकिलो अग्रता दिलाएका थिए।

 बार्यनले शीर्ष स्थानम रहँदै च्याम्पियन्स लिगको समूह चरण पार गर्ने टुङ्गो लगायो। उसले ५ खेलबाट १५ अंक जोड्यो । तेस्रो स्थानको रेड स्टार बेलग्रेडले ३ अंक जोड्यो।

प्रकाशित मिति: : 2019-11-27 07:04:47

प्रतिकृया दिनुहोस्