सन् २०१४ मा भारतको आसाम राज्यमा १२ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) आयोजना हुँदा सक्षम कार्कीले रजत पदकमै चित्त बुझाउनु परेको थियो।
तर, ४ वर्षपछि उनले रजतलाई स्वर्णमा ढाले। र, १३ औं सागअन्तर्गत ८७ केजी माथिको स्पर्धामा नेपाललाई स्वर्ण दिलाए।
सक्षमका बुवा पनि तेक्वान्दोका पूर्व खेलाडी हुन्। उनले २०५० सालमा राष्ट्रिय प्रतियोगितामा भाग लिएका थिए। आफूले कुनै बेला गर्न नसकेको काम छोराले पुरा गरेको भन्दै उनी निकै खुसी देखिए।
बुधबार सक्षमले पाकिस्तानी खेलाडी वकारअलि शाहलाई पराजित गर्दै स्वर्ण जित्दा उनको पुरै परिवार एरिनामा उपस्थित थियो। सक्षमले जितपछि राहतको स्वास फेरे। ‘म निकै खुसी छु। अघिल्लो साग गेम्समा स्वर्ण जित्न सकेको थिइन। अहिले स्वर्ण जित्न सफल भए,’ उनले भने।
कुकिङका सौखिन यी खेलाडी आफ्नो खेलमा परिपक्वता आउँदै गरेको बताउँछन्। बुधबार उनले उत्कृष्ट फाइट गरेका थिए। उनको जितपछि परिवारसँग बिएल नेपाली सेवाले गरेको भिडियो अन्तर्वार्ता यस प्रकार रहेको छ।