नेपाली गीतमा छमछम नाचे भारत र पाकिस्तानका खेलाडी (भिडियो सहित)

तस्बिरः बिएल नेपाली सेवा

काश्मिरको विवादलाई लिएर भारत र पाकिस्तानबीच युद्धको स्थिति छ। पछिल्लो समय भारतीय मिडिया र पाकिस्तानी मिडिया एकअर्कालाई दोषारोपण गरेर थाक्दैनन्।

तर, काठमाडौंमा आयोजना भइरहेको १३ औं साग गेम्सले यी दुई देशबीचलाई नजिक ल्याउने काम गरेको छ।

बिहीबार तेक्वान्दोतर्फको स्पर्धा समाप्त भएपछि भारत र पाकिस्तानी खेलाडी नेपाली गीतमा खुब रमाए। उनीहरू एकअर्कासँग अंगालो मारेर ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’, ‘सालको पात टपरी’ गीतमा खुब नाचे।

करिब एक घण्टा तेक्वान्दो एरिनामा नाचेका भारत र पाकिस्तानका खेलाडीले एकअर्कासँग फोटो पनि खिचे। नेपाली गीतमा राष्ट्रिय टोलीका खेलाडी मात्र होइन, श्रीलंकन खेलाडी पनि नाचेका थिए।

प्रकाशित मिति: : 2019-12-05 19:09:55

प्रतिकृया दिनुहोस्