सन्तोषीले भनिन्– मैले सक्दो प्रयास गरेँ

तस्बिरः बिएल नेपाली सेवा

१० हजार मिटरमा नेपाललाई ऐतिहासिक स्वर्ण दिलाएकी सन्तोषी श्रेष्ठ शुक्रबार ५ हजार मिटर दौडमा पदक जित्नबाट बञ्चित भइन्। उनले ५ हजार मिटर दौड चौथो नम्बरमा हुँदै पुरा गरिन्।

उनले बिएल नेपाली सेवासँग विशेष कुराकानी गर्दै भनिन्, ‘भारत र श्रीलंकाका खेलाडी निकै राम्रा थिए। उनीहरू १५ मिनेटभित्र दौडिन्थे।’

तरपनि आफूले दुबै देशका खेलाडीहरूको हौसला तोड्न खोजेको बताइन्। ‘मैले सक्दो प्रयास गरेकी हुँ। तर, उनीहरू निकै राम्रा थिए। म आफ्नो प्रदर्शनबाट सन्तुष्ट छु।’

श्रीलंका र भारतीय खेलाडीको एकाग्रता भंग गर्न सन्तोषी बीच बीचमा तीब्र गतिमा दौडिएकी थिइन। तर, दुबै देशका खेलाडी बिचलित नभई आफ्नो रफ्तारमा दौडिए। यो स्पर्धामा श्रीलंकाले स्वर्ण र भारतले रजत तथा कास्य जितेको थियो।

प्रकाशित मिति: : 2019-12-06 11:48:51

प्रतिकृया दिनुहोस्