आमाको चुनावी प्रचारमा सोनाक्षी सिन्हा

तस्बिरः एजेन्सी

लखनउवासीका लागि शुक्रबारको दिन सम्झनालायक रहनेछ। लोकसभा २०१९ को निर्वाचनका लागि आज बलिउडकी स्टार नायिका सोनाक्षी सिन्हा ‘रोड शो’मा उत्रिदैछिन्।

भारतमा निर्वाचनको दौरान बलिउड स्टार विभिन्न पार्टीको प्रचारका लागि बाटोमा उत्रिनु नौलो कुरा होइन। तर, सोनाक्षी पहिलो पल्ट लखनउको सडकमा देखा पर्न लागेकी हुन्।

उनी आफ्नो आमाको प्रचार–प्रसारका लागि दिउँसो ३ बजेदेखि ‘रोड शो’ मा उत्रिदैछिन्। सोनाक्षीकी आमा पुनम सिन्हालाई समाजवादी पार्टी (सपा) र बहुजन समाजवादी पार्टी (बसपा) ले संयुक्त उम्मेदवारको रुपमा लखनउ संसदीय सिटबाट उठाएको छ।

‘रोड शो’ मा शत्रुध्न सिन्हा र सपाका अध्यक्ष अखिलेश यादव पनि समावेश हुनेछन्। लामो समय भारतीय जनता पार्टीमा संलग्न रहेका शत्रुध्न निर्वाचन अगाडि पार्टी परित्याग गरि कांग्रेसमा समावेश भएका थिए। उनलाई कांग्रेसले पटना साहिबबाट टिकट उपलब्ध गराएको छ।

अभिनय यात्रामा जुडेपछि सोनाक्षीको यो पहिलो राजनीतिक ‘रोड शो’ हो। सोनाक्षीकी आमा पुनम पहिलो पल्ट निर्वाचन लड्दै छिन्। पुनमको माइती मुम्बई हो। ६८ वर्षीय पुनमले निर्वाचन आयोगलाई दिएको सुचना अनुसार उनीसँग १ सय ९४ करोड चल–अचल सम्पत्ति छ।

 

प्रकाशित मिति: : 2019-05-04 06:50:04

प्रतिकृया दिनुहोस्