बलिउड नायिका आलिया भट्ट अहिले विवाहका कारण निकै चर्चामा छिन्। उनको विवाह कहिले हुन्छ? तय छैन। तर, उनले एउटा भिडिया अपलोड गरेर सबैलाई मनोरञ्जन दिएकी छिन्। उनले आफ्नो नयाँ भिडियोमा कति बच्चाको आमा बन्न चाहन्छिन्? यसको खुलासा गरेकी छिन्।
आलियाले पछिल्लो समय आफ्नै युट्युब च्यानल सुरु गरेकी छिन्। जसमा उनी लगातार आफ्नो भिडियो पोस्ट गर्ने गर्छिन्। आइतबार ‘फ्रेन्ड्सीप डे’ को दिन उनी आफ्नो मिल्ने साथी आकांक्षा रञ्जन कपुरसँग देखा परेकी थिइन।
भिडियोमा आलियाले आकांक्षासँग एउटा खेल खेलेकी थिइन। जसमा उनलाई सोधिएको थियो, उनी कति वटा बच्चा चाहन्छिन्। यसमा आलियाको उत्तर थियो, २ छोराको आमा बन्न चाहन्छु।
आलिया र रणबीर कपुरको विवाहलाई लिएर अहिले बलिउड तातिएको छ। उनीहरू विगत एक वर्षदेखि सँगै देखिदै आएका छन्।
याे पनि हेर्नुहाेस।