नवीन सुब्बा न्युयोर्कमा : गर्दैछन् 'मेरो कथा' शीर्षकमा पटकथा कार्यशाला

नवीन सुब्बा : नेपाली चलचित्रको सिनेम्याटिक ल्याङ्वेजको खोजी जारी । तस्बिर : सामाजिक सञ्जाल ।

नुमाफुङ फेमका नेपाली चलचित्र निर्देशक नवीन सुबा यतिबेला अमेरिकामा छन् । गत महिना अमेरिकामा सम्पन्न नेपाल अमेरिका चलचित्र महोत्सवमा सहभागी हुन आएका उनी घुमघामका क्रममा न्युयोर्क आइपुगेका छन् ।

उनी यहाँ आएको अवसर पारेर नेपाल अमेरिका फिल्म सोसाइटी र एभरेष्ट टाइम्सको संयुक्त आयोजनामा न्युयोर्कमा यही सोमबार र मंगलबार 'मेरो कथा' शीर्षकमा दुईदिने पटकथा लेखन कार्यशाला आयोजना गरिने भएको छ । 

पहिलो पुस्ताका नेपाली चलचित्र समीक्षक नवीन लामो समयको पत्रकारिताबाट चलचित्र निर्माणमा आएका थिए । वैकल्पिक धारको चलचित्रको पैरवी गर्दै आएका उनी नेपाली चलचित्रको सिनेम्याटिक ल्याङ्गवेजका लागि निरन्तर आवाज उठाउँदै आएका छन् ।

काँचको पर्दादेखि वृतचित्र हुदै सेलुल्वाइडसम्मको चलचित्र यात्रा गरेका उनी नेपाली चलचित्रका लागि अन्तर्राष्ट्रिय महोत्वसको ढोका खोल्ने चलचित्रकर्मी पनि हुन् । उनले नुमाफुङपछि गुडबाइ काठमाण्डू नामक चलचित्रको निर्देशन गरेका थिए । 

उनी चलचित्रको पटकथा लेखनमा गहिरो ज्ञान राख्छन् । त्यसैले उनको कार्यशाला चलचित्र जान्न खोज्नेका लागि उपयोगी हुन सक्छ । तर, कामको दिन, न्युयोर्कको व्यस्तता र २५० डलरको महंगै शुल्क तिरेर कतिले सिक्ने हुन् ? त्यो भने समयकै गर्भमा छ ।  

 

 

प्रकाशित मिति: : 2019-08-12 05:13:05

प्रतिकृया दिनुहोस्