मिकालाई बलिउडमा प्रतिबन्ध, पाकिस्तान गएकोमा विवाद

Agency

भारतका चर्चित पप गायक मिका सिंह विवादमा घेरिएका छन्। पाकिस्तानमा भएको एउटा विवाह कार्यक्रममा गीत गाएर फर्किएका मिकालाई हिन्दी फिल्ममा प्रतिबन्ध लगाउने निर्णय अखिल भारतीय सिने कामदार संघले गरेको छ। 

संघले मंगलबार जारी गरेको विज्ञप्तीमा मिकासँग जोडिएको प्रोडक्सन हाउस, संगीत कम्पनीलगायत उनी आवद्ध सबै संघसस्थालाई उनीविरूद्ध प्रतिबन्ध लगाउन आग्रह गरेको छ।

संघका अध्यक्ष सुरेश श्यामलाल गुप्ताले भने, ‘हामी सबैसँग अपील गर्छो, मिकासँग हिन्दी फिल्म उद्योगका कसैले काम नगरुन्। प्रतिबन्धका बाबजुद कसैले उनीसँग काम गर्छन भने उनीहरूले कानुनी कार्यवाहीको भागी बन्नु पर्नेछ।

काश्मिर मुद्धालाई लिएर दुबै देशबीच विवाद बढीरहेको बेला मिका पाकिस्तान गएका हुन्।

भारतले काश्मिरमा लामो समयदेखि लागु ३ सय ७० को प्रावधान हटाउने निर्णय गरेपछि पाकिस्तान र भारतबीच विवाद चुलिएको छ।

याे पनि पढ्नुहाेस।

डेल स्टेनको नाम टि–२० बाट काटियो

आईआरएसको बक्यौता नतिरे पासपोर्ट नै खारेज !

एकैदिनमा तोलाको १२ सयले बढ्यो सुन

मिकाले कराचीमा पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफको नजिकको परिवार कराचीका एक अर्बपतिको छोरीको विवाहमा प्रस्तुति दिन गएका थिए। कार्यक्रम ८ अगस्टमा भएको थियो।

उनको कार्यक्रमलाई लिएर पाकिस्तानमा पनि विरोध भइरहेको छ। पाकिस्तानका विपक्षी नेताहरूले तनावको स्थितिमा भारतीय कलाकारलाई आफ्नो देशमा कार्यक्रम गर्न दिएकोमा विरोध जनाएका छन्।

याे पनि पढ्नुहाेस।

आहा! नेपालगन्जको मुबारक विरयानी!(भिडियो रिपोर्ट)

 

प्रकाशित मिति: : 2019-08-15 21:29:12

प्रतिकृया दिनुहोस्