देबु वोरालाई वान्स मोर !

बिएल

गएको फागुन ११ गते राष्ट्रिय नाचघरमा कन्सेप्ट नेपालले आयोजना गरेको सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीको एकल डेउडा गायन कार्यक्रममा नृत्यकार देबु वोराले नृत्य पस्केर सबैको मन जितेका थिए । वोराले महिलाको भेषमा नाच्दा दर्शकले बर्रर ताली पिटेका थिए । तिनै वोराको काठमाडौंमै एकल नृत्य कार्यक्रम आयोजना हुँदैछ ।

हिमाल डेन्टल हस्पिटलको आयोजनामा आउँदो असोज ८ गते नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुने कार्यक्रममा उनी एक दर्जन गीतमा नाच्नेछन् । विभिन्न जातजातिको पहिरनमा सजिएर उनले प्रतिभा पस्कनेछन् । पक्का छ, उनले ‘वान्स मोर !’ पाउनेछन् ।

याे पनि पढ्नुहाेस।

नेपालको चर्चित ब्याण्ड ‘लेकाली’ स्थापनाको कहानी: ३४ वर्षपछि पलेंटीमा जुरेको संयोग (भिडियाे सहित )

कार्यक्रममा आयोजकले उनलाई सम्मानसहित नगद रकम हस्तान्तरण गर्नेछ । धनगढीमा जन्मे–हुर्केका कलाकार वोराको जीवन संघर्ष प्रेरणादायी छ । उनी काठमाडौंमा बसेर नाच सिकाउँछन् । कोरियोग्राफी गर्छन् ।

वोराको कार्यक्रम आयोजना गर्ने शुत्रधार हुन् सांस्कृतिक अध्येता हेमन्त विवश । उनकै प्रस्तावमा हस्पिटलका प्रमुख डा. राजेन्द्र भट्टले एकल नृत्यको कार्यक्रम तय गरेका हुन् । त्यसो त भट्ट पनि गीतकार हुन् ।

भट्टले सुदूरपश्चिमको लोकसंस्कृतिमा योगदान पुर्याउने एक जनालाई बर्सेनी ‘हिमाल डेउडा रत्न’ प्रस्कारबाट बर्सनी सम्मानित गर्ने घोषणा पनि गरेका छन् । देबुकै कार्यक्रममा पहिलोपटक २५ हजार रुपैयाँ राशी सहितको पुरस्कार एक स्रष्टालाई प्रदान गरिने भट्टले जानकारी दिए । सत्कर्मका लागि बधाई डा. भट्ट र सुन्दर कार्यक्रमका लागि अग्रिम शुभकामना कलाकार वोरालाई !

याे पनि हेर्नुहाेस।

ब्रिटिश–गोर्खा आन्दोलनमा सरकारको भूमिका तटस्थः परराष्ट्रविद् हिरण्यलाल

प्रकाशित मिति: : 2019-08-31 15:13:30

प्रतिकृया दिनुहोस्