अक्षयलाई भेट्न १८ दिन पैदल

Agency

‘मिशन मंगल’ को अपार सफलतापछि अभिनेता अक्षय कुमारको लोकप्रियता भारतमा ह्वात्त बढेको छ। खास गरेर युवा वर्ग उनीप्रति आकर्षित हुन थालेका छन्। यस्तै, एक युवा प्रशंसक अक्षयलाई भेट्न १८ दिन पैदल यात्रा गर्दै मुम्बई पुगेका छन्।

गुजरातको द्धारकाका एक युवा हिडेर आफूलाई भेट्न आएको जानकारी अक्षय आफैंले सोशल मिडियामार्फत दिएका छन्।

उनले इन्स्टाग्राममा यसको जानकारी दिँदै भने, ‘आज मेरो भेट पर्वतसँग भयो। उनी १८ दिन हिडेर ९ सय किलोमिटरको यात्रा तय गर्दै आइतबार मसंग भेट हुन्छ भनेर द्धारकाबाट आए। आजका युवाहरु आफ्नो लक्ष्यप्रति कति प्रतिबद्ध हुन्छन् भन्ने उदाहरण हो यो। उनीहरूलाई कसैले रोक्न सक्दैन।

अक्षयको ‘मिशन मंगल’ ले हालसम्म १ सय करोडभन्दा बढीको कमाई गरिसकेको छ। अक्षय छिट्टै हाउसफुल–४ मा देखा पर्दैछन्। उनी अघिल्लो फिल्म ‘लक्ष्मी बम’ को सुटिङमा व्यस्त छन्।

याे पनि हेर्नुहाेस।

नेपालको चर्चित ब्याण्ड ‘लेकाली’ स्थापनाको कहानी: ३४ वर्षपछि पलेंटीमा जुरेको संयोग (भिडियाे सहित )

प्रकाशित मिति: : 2019-09-01 17:15:32

प्रतिकृया दिनुहोस्