मिश्रको ‘लोकतन्त्र र आजको माक्र्सवाद’को लोकार्पण

तस्बिरः बिएल

समाजशास्त्री चैतन्य मिश्रको नेपाली भाषाको तेस्रो पुस्तक बजारमा आएको छ । शनिबार काठमाडौंमा उनको पुुस्तक ‘लोकतन्त्र र आजको माक्र्सवाद’ विमोचन भयो । राजनीतिक चिन्तक प्रदीप गिरी, सांसद विन्दा पाण्डे, राजनीतिज्ञ आहुती, पुस्तकका सम्पादक राजेन्द्र महर्जन र लेखक स्वंयले पुस्तक विमोचन गरेका थिए ।

कार्यक्रममा पुस्तकबारे टिप्पणी गर्दै राजनीतिज्ञ गिरीले पुस्तकमा नेपाली राजनीतिको विगतको संश्लेषण गर्दै भविष्यको रेखाचित्र कोर्ने प्रयास गरिएको उल्लेख गरे ।

‘गणतन्त्रको नाममा अहिले दलतन्त्र हावी भएको मिश्रले औल्याउनुभएको छ’, गिरीले भने, ‘उहाँले देखाउनुभएको सबैभन्दा ठूलो खतरा नेपाली समाजमा राजनीति हराउँदै गएको अवस्था हो ।’

मिश्रले नेपाली समाजको गतिशिलताको लागि सामाजिक प्रजातन्त्रको आवश्यकता औल्याएको गिरीको ठम्याई थियो ।

राजनीतिज्ञ पाण्डेले किताबको विस्तृत समीक्षा गर्दै मिश्रले नेपाली समाजको गतिशिलताको सांगोपांगो तस्विर उतारेको उल्लेख गरिन् ।

‘यो किताबले बौद्धिक बहस गर्न र भविष्यका लागि सकारात्मक सोच राख्न उत्प्रेरित गर्छ’, पाण्डेले भनिन् ।

आहुतीले भने पुस्तकप्रति आफ्ना फरक मतहरु राखे । लेनिनले माक्र्सवाद बुझेनन् भन्ने मिश्रको तर्कमाथि प्रश्न उठाउँदै आहुतीले ऐतिहासिक भौतिकवादको बुझाइबारे नै छलफलको आवश्यकता भएको औंल्याए ।

‘लेनिनले माक्र्सवाद बुझेनन् भन्ने ठहर मिश्रको छ’, आहुतीले भने, ‘त्यसरी हेर्दै जाँदा माक्र्सले नै माक्र्सवाद बुझेनन् भन्ने विन्दुसम्म पुगिन्छ । अनि प्रश्न उठ्छ, माक्र्सले कम्युनिष्ट घोषणापत्रचाहिँ किन लेखे ?’

‘मिश्रले मानिस सचेतन प्रयास गर्ने प्राणी हो भन्ने पक्षलाई बेवास्ता गर्नुभएको छ’, आहुतीको आरोप थियो ।

सम्पादक राजेन्द्र महर्जनले पुस्तक खँदिला लेख–रचनाको संगालो भएको उल्लेख गरे ।

‘राजनीतिक संक्रमणजस्तै चैतन्य मिश्रका विचारहरुमा पनि संक्रमण आइरहेको छ’, महर्जनले भने ।

लेखक चैतन्य मिश्रले सबैलाई धन्यवाद दिँदै वक्ताहरुको विचारले आफ्ना मतमा पुनर्मुल्यांकन गर्न सघाउ पु¥याएको उल्लेख गरे ।

लेखक उज्ववल प्रसाईंले संयोजन गरेको कार्यक्रममा प्रकाशन संस्थाको तर्पmबाट भुपेन्द्र खड्काले स्वागत गरेका थिए ।

मिश्रको पुस्तक बुक–हिल पब्लिकेसनले बजारमा ल्याएको हो ।

प्रकाशित मिति: : 2019-09-02 11:53:27

प्रतिकृया दिनुहोस्