पोखरा क्यानोनिङ्मा ‘अक्षर यात्रा’

तस्बिरः बिएल

पोखरा–साहित्यिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा सञ्चालन हुँदै आएको ‘अक्षर यात्रा’ कार्यक्रमको १६९ औं सृङ्खला पोखरा उपत्यकाकै घलेल गाउँमा भएको छ । स्थानीय झरना क्षेत्रमा आयोजित कार्यक्रममा पोखरेली कविहरू रमाएका थिए ।

‘जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा’ भन्ने मूल मन्त्रका साथ हरेक महिनाको तेस्रो शनिवार गजल सन्ध्या पोखरा र नवनित साहित्य सागरले यात्रा गर्दै आएका छन् । यसबाट ग्रामीण पर्यटन प्रवद्र्धनमा टेवा पुग्दै आएको छ ।

शनिबारको यात्रामा प्रकट पगेनी ‘शिव’, इशा शाह, दीपक समीप, अमृत सुवेदी, प्रकाश ज्ञवाली, कपिल शर्मा, संजिव पौडेल, लालमणि पोख्रेल, क्रुपक, आवाज शर्मा, संदीप अधिकारी, अनिता दाहाल, सबिता बराल, मैयाँ सुवेदी, अर्जुनदृष्टि पौडेल, विनोद परिवर्तित, प्रदीप सुवेदी, सत्यम, शिब संकल्प, जुपिटर, जनक दुलाल, मधुसूदन न्यौपाने, र कमल सुवेदीले कविता, गजल, मुक्तक आदि वाचन गरेका थिए ।

क्यानोनिङका प्रमुख गुरुङ, गजल सन्ध्याका अध्यक्ष मोहन भण्डारी र नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापाको संयुक्त सभापतित्वमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: : 2019-09-09 11:18:53

प्रतिकृया दिनुहोस्