‘हजुरआमाका कथा’ बजारमा

अमृता लम्सालले लेखेको ‘हजुरआमाका कथा’ पुस्तक सार्वजनिक गर्दै।

लेखक अमृता लम्सालले लेखेको ‘हजुरआमाका कथा’ बजारमा आएको छ । तेइस हजुरआमाका त्यसबेलाका जीवनका अनुभव पुस्तकमा समेटिएका छन् ।

नारी मौनतालाई आदर्श भनेर परिभाषित गरिएको समयमा हुर्किएका हजुरआमाहरुले आफ्ना जीवनमा भोगेका कुरा सुनाएको आधारमा उक्त पुस्तक तयार पारिएको हो।

दुई सय ६३ पृष्ठको सो पुस्तकको मूल्य रु ४६० छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा त्रिवि केन्द्रीय विभागका प्रमुख डम्बर चेम्जोङ्गले लेखक लम्सालले वृद्धा आमाको जीवन कथा बजारमा ल्याएर उनीहरुको इतिहासलाई युवासमक्ष पुर्‍याउने महत्वपूर्ण काम गरेको बताए।

उनले त्यस बेला महिलाहरु शोषित अवस्थामा रहेको तथा हाल वृद्धाहरु ओझेलमा रहेको र उनीहरु वृद्धाश्रममा बस्नु परेको प्रसङ्ग उल्लेख गरे।

अर्का टिप्पणीकार भारती पोखरेल सिलवालले साधारण महिलाको चित्रण गर्न खोजिएको पुस्तकमा समाज रुपान्तरण हुन नसकेको बेला महिलाहरु बालविवाह, बहुविवाह, कर्मघर, जन्मघर, पुतलीको खेल, बालश्रीमतीलगायत समस्या बेहोर्नुपरेको बताए।

लेखक लम्सालले नेपालको सामाजिक संरचना बदल्न आफूले बलपूवर्क हजुरआमाका व्यथा समाज समक्ष ल्याएको बताइन्।

प्रकाशित मिति: : 2019-09-22 07:54:04

प्रतिकृया दिनुहोस्