पत्रकार रुपेश श्रेष्ठ आफ्नो पहिलो कविता संग्रह ‘घिन्ताङ घिसी ट्वाक’ लिएर झुल्किएका छन्।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा कवि मनु मञ्जिल, रुपेश र उनको आमाले संयुक्त रुपमा कविता संग्रहको बिमोचन गरेका थिए।
कवि बाबु त्रिपाठी, लेखक भुषिता वशिष्ठ र पत्रकार दिलभूषण पाठकले उनको कविता वाचन गर्दै बिमोचन कार्यक्रमलाई थप ओजिलो बनाएका थिए।
लेखक तथा कलाकार ब्रजेश खनालले भने कार्यक्रम प्रस्तुत गरेका थिए। कवि मनु मञ्जिलले श्रेष्ठको कवितामाथि चर्चा गरेका थिए।
काविता संग्रह आजैदेखि बजारमा उपलब्ध भएको बुक हिल पब्लिकेशनका भूपेन्द्र खड्काले जानकारी दिए।