बक्स अफिसमा 'वार'को शानदार कमाई, तीन सय करोड नजिक

तस्बिरः एजेन्सी

गान्धी जयन्तीको अवसरमा विशेष रुपमा प्रदर्शनमा आएको ऋतिक रोशन र टाइगर श्राफ अभिनित बलिउड फिल्म 'वार'ले बक्सअफिसमा सानदार कमाइ गरिरहेको छ। 'वार'ले पहिलो दिन नै ५३ करोड ३५ लाख भारतीय रुपैयाँको कमाई गरेर रेकर्ड नै बनाएको थियो। अहिले फिल्मको कमाई २ सय करोड भारतीय रुपैयाँ नाघेको छ।

हालसम्म 'वार'ले २२८ करोड ५५ लाख भारतीय रुपैयाँ कमाई सकेको अमर उजालाले उल्लेख गरेको छ।

बक्स अफिसमा ‘वार’ लाई दक्षिण भारतको फिल्म ‘सायरा नरसिम्हा रेडडी' र हलिउड फिल्म ‘जोकर’ ले कडा टक्कर दिने आशा गरिएको थियो। तर, ‘वार’को व्यापार हेरेर निर्माता तथा निर्देशक दंग परेका छन।

फिल्म एकै पल्ट ४ हजार स्क्रिनमा रिलिज भएको थियो। पछि १५ सयभन्दा बढि स्क्रिन थप गरिएको छ ।फिल्मको बजेट १ सय ५०देखि २ सय करोडसम्म रहेको बताइएको छ।

भारतीय सेनाको विशेष मिशनलाई फिल्मको कथावस्तु बनाइएको छ।

फिल्मले राष्ट्रिय बिदामा सर्वाधिक कमाई गर्ने रेकर्ड बनाएको छ भने अभिनेता ऋतिक रोशन र टाइगर सराफको क्यारियरकै पहिलो दिन सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ ।

सिद्धार्थ आनन्दले निर्देशन गरेको यो फिल्म रिलिज अघि नै अत्याधि चर्चामा रहेको थियो  । 'वार' को बक्स अफिसमा एडभान्स बुकिंगले पनि नयाँ रेकर्ड बनाएको छ ।उत्कृष्ट म्युजिक र ऋतिक र टाइगरको द्वन्द पर्दामा पहिलो पटक हेर्न दर्शक उत्साहित रहेकाले पनि फिल्मले बक्स अफिसमा शानदार कमाई गरेको हो ।

'वार' फिल्म हेर्ने पर्ने ५ कारण :

१.'वार' हेर्नु पर्ने पहिलो कारण अभिनेता ऋतिक रोशन र टाइगर सराफ पहिलो पटक पर्दामा आउनु रहेको छ । टाइगरले ऋतिकलाई आफ्नो बचपनको हिरोको रुपमा मान्दै आएकाले पनि यो फिल्म हेर्न दर्शकमा कौतिहलता रहेको छ । जबर्जस्त एक्शन रहेको यस फिल्ममा ऋतिक र टाइगरको लडाई रोमान्चक हुने अनुमान गरिएको छ ।

२.'वार' हेर्नुपर्ने अर्को कारण धुम-२ पछी ऋतिक रोशन निगेटिभ रोलमा अभिनय गर्दै छन् । आफ्नो एक्शन र नृत्यका कारण विश्वभर फ्यान बनाएका ऋतिक लामो समयपछी निगेटिभ भूमिकाआमा आएकाले वार हेर्नै पर्ने फिल्म बनेको छ ।

३.यो कुरा सबैलाई थाहा छ की टाइगर सराफले ऋतिक रोशनलाई आफ्नो गुरु मान्दछन । ऋतिक उनका बलिवुडका आइडल मान्ने टाइगर ऋतिकसँग काम गर्ने सपना देख्ने गर्दथे । उनको यो फिल्मबाट सपना पुरा भएको छ । ट्रेलर हेर्दा टाइगर र ऋतिकको द्वन्दले फिल्मलाई रोचक बनएको छ ।

४.'वार' ले प्रशस्त मनोरंजन दिने र थ्रिलर कथामा बनेको ट्रेलर हेर्दा अनुमान गर्न सकिन्छ । बलिवुडमा कमर्सियल फिल्मको बजार ठुलो भएकोले पनि वारले बक्स अफिसमा राम्रो गर्ने फिल्म विश्लेषकहरुले बताएका छन् । फिल्ममा रहेका स्टन्ट, रोमान्चक लोकेशनमा गरिएको शुटिंगले फिल्मलाई पुर्णरुपमा मनोरंजनात्मक बनाएको अनुमान गर्न सकिन्छ ।

५.फिल्मको ट्रेलर हेर्दा ऋतिक र टाइगरमा द्वन्द देखाइएको छ भने दुईमा जित कसको हुन्छ भन्ने कौतुहलता पनि बनाइदिएको छ । अहिले ऋतिक र टाइगरका फ्यानहरुबीच दुईमा अन्त्यमा कसले जित्छ भन्ने कौतुहलता रहेको छ । जसले गर्दा पनि दर्शक हलसम्म पुग्ने अनुमान गरिएको छ । फिल्मको प्रचारका क्रममा पनि ऋतिक र टाइगर एकै पटक नगरी अलग अलग प्रचार गरेर आफुहरु बीच वर रहेको संदेश दिएर फिल्मलाई थप रहस्यमय बनाउन सफल भएका छन् ।

प्रकाशित मिति: : 2019-10-11 15:18:08

प्रतिकृया दिनुहोस्